शुक्रवार, श्रावण ५ २०८०
साउन, ५ गते काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं. १६ नयाँबजार, सोह्रखुट्टेमा रहेको मनमोहन मेमोरियल कलेज शैक्षिक क्षेत्रमा चर्चित र परिचित कलेज हो । देशकै ख्यातिप्राप्त प्राध्यापक र शिक्षाविद्हरु द्वारा संचालित यस कलेजले स्थापनाको २४ औँ बसन्त पूरा गरिसकेको छ।
सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिइने मनमोहन मेमोरियल कलेजमा हाल कक्षा ११ देखि स्नातक स्नातकोत्तर तह सम्म ब्यबस्थापन अन्तर्गत Hotel management, Computer science, Business studies,Travel & Tourism, Marketing, मानविकी र शिक्षा शास्त्र अन्तर्गत Social work, Major maths, Major English, Mass communication, Psychology र Law लगाएत विषय पठनपाठन हुदै आएको छ ।
यहाँ करिब १५ सय विद्यार्थीहरु अध्यापन गर्छन। गुणस्तरीय, सस्तो र सर्वसुलभ शिक्षाको लागी मध्यम र न्यून आय भएका अभिभावकहरुको लागि मनमोहम मेमोरियल कलेज यो स्थानमा बरदान मै सावित भएको छ।
कलेजमा समय समयमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च गरी सिकाइलाई व्यवहारिक र जीवनउपयोगी बनाउन विद्यार्थीलाई पढाइमा सक्रिय सहभागी गराउन सहभागितामूलक र प्रोजेक्टमा आधारित कार्यगत जिम्मेवारी गराइन्छ।
यस कलेजमा झन्डै ७५ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन। यस कलेजले राज्यलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सहयोग पुयाएको छ । कलेजमा अध्ययन गरेका विधार्थीहरु निजामति सेवा, सेना, प्रहरी, शिक्षक,पत्रकार, पर्यटन, व्यवसाय,घरेलु उद्योग आदि क्षेत्रमा यस कलेजका विद्यार्थीहरुको विशेष दक्षता रहेको छ । कलेजले हरेक बर्ष १०० जना विद्यार्थीहरुलाइ रोजगारीको अवसर मिलाइदिने समेत गरेकोछ।
हरेक वर्ष महङ्गो शुल्कको भारी बोक्न बाध्य अभिभावकवर्ग यस कलेजमा भने न्यून शुल्कमा ब्यबहारिक एबं जीवन उपयोगी, समय सापेक्ष र गुणस्तरीय शिक्षाप्रदान गरिरहेकोले आफ्ना छोराछोरी भर्ना सकिने छ। हालसम्म कलेजबाट ३० हजार बढी विद्यार्थीहरु उत्कृष्ट नतिज सहित उत्तीर्ण गराउन सफल रहेको छ।
उपयुक्त लोकेशनमा रहेको यस कलेजमा दक्ष, अनुभवी, प्राध्यापकहरुले अनुसन्धानात्मक पद्वतिबाट अध्यापन गरिने भएकोले त्यसैले कक्षा ११ मा अध्ययन गर्न कलेजको खोजि गरिरहनु भएको छ भने सस्तो गुणस्तरीय शिक्षाको लागि मनमोहन मेमोरियल कलेज जाने कि! इन्ट्रान्सका लागि साउन १३ बिहान ७ बजे समय तोकिएको छ।