शुक्रवार, श्रावण ५ २०८०
साउन , ०५ काठमाडौ । धादिङको धुनिवेसी नगरपालिकामा अवस्थित महाँङ्कालेश्वरी माध्यमिक बिद्यालयले SEE परिक्षामा सफल विद्यार्थीहरुलाई सम्मान तथा बिदाई गरेको छ। बिद्यालयले कार्यक्रममा एक कार्यक्रमका गर्दै SEE परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो।

उक्त कार्यक्रम शिक्षक राममाया थपलियाले संचालन गर्नुभयो, भने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक तामाङले कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि धुनिबेशी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष प्रकाश हमाल ,बिद्यालयको सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बिद्यालयको प्रधानाध्यापक राजेन्द्र प्रसाद पौडेलले उत्कृष्ट नजिजा ल्याउने भुमिका मगरलाई ल्यापटप पुरस्कार प्रदान गर्नुभयो भने प्रनिशा मगरलाई नगद रु ५००० प्रदान गर्नुभएको हो ।

त्यसैगरी विद्यार्थीको मिहेनतको कदर गर्दै बिषय शिक्षकहरूले पनि नह पुरस्कार प्रदान गर्नुभएको छ भने बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षले पनि नगद पुरस्कर प्रदान गर्नुभयो।
बिदाइ तथा सम्मान कार्यक्रममा धुनिबेशी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष प्रकाश हमालले मन्तव्य दिनुभयो। उहाँले यतिको नतिजामा मात्रै सन्तुष्ट हुने होइन अर्को बर्षमा निकै प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै सफल हुने विद्यार्थीलाई उच्च शिक्षाको सफलताको शुभकामना व्यक्त गर्नुभएको हो।
उक्त कार्यक्रममा बिधालयको सहायक प्रधानाध्यापक रबि बिक्रम ठकुरीले स्वागत मन्तव्य दिनुभयो।
