Oct 09 2026 | २०८३, आश्विन २३ गते

२४ औं ICSQC मा सहभागी हुन मौरिसियस जाने विद्यार्थिलाइ ब्राइट फ्युचरले गर्यो बिदाई।

२४ औं ICSQC मा सहभागी हुन मौरिसियस जाने विद्यार्थिलाइ ब्राइट फ्युचरले गर्यो बिदाई।

  • 556
    SHARES

  • २४ औं ICSQC मा सहभागी हुन मौरिसियस जाने विद्यार्थिलाइ ब्राइट फ्युचरले गर्यो बिदाई।

    साउन, ८ काठमाडौ । चन्द्रागिरि नगरपालिकास्थित ब्राइट फ्युचर स्कुलका २४ औं International Children Students Quality Circle (ICSQC/एसक्युसी) मा सहभागी हुन मौरिसियस जाने ६ विद्यार्थीहरुलाइ बिदाइ गरेको छ। जुलाई २४ (सोमबार) बाट मौरिससमा आयोजना हुने उक्त कार्यक्रममा जाने विद्यार्थीलाई बिदाइ गरेको हो।

    FB_IMG_1690161084458.jpg

    विद्यार्थीहरू इशान सुवेदी, श्रीजित अधिकारी, जयन श्रेष्ठ, तेजस्वी तिमिला श्रेष्ठ, निक्सी महर्जन र रुद्रायणी लुइँटेलसँगै स्कुलका प्रधानाध्यापक दयाराम थापा र शिक्षकहरू मोहित कार्की र मिना महर्जन मौरिसस गएका हुन्।

    स्कुलमा आइतबार आयोजित बिदाइ कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ का अध्यक्ष राजभाइ महर्जन, १५ का अध्यक्ष घनश्याम लुइँटेल, पूर्वसांसद उर्मिला कर्माचार्य, नगरपालिकाका युवा खेलकुद तथा शिक्षा समन्वय शाखा प्रमुख कर्ण भुवाजी र स्कुलका अध्यक्ष मोहन कार्कीले टिका र खादा लगाएर बिदाइ गरेका थिए। 

    FB_IMG_1690161099419.jpg

    जुलाई २४ (सोमबार) बाट मौरिससमा आयोजना हुने एसक्युसी सम्मेलनको औचित्य र उपादेयताबारे स्कुलका अध्यक्ष कार्कीले जानकारी गराएका थिए।

       

    images
    सोमवार, श्रावण ८ २०८००७:१०:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार