सोमवार, श्रावण ८ २०८०
साउन, ८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शैक्षिक कागजपत्रको शुल्क सम्बन्धी जानकारी बिश्वबिद्धालयको वेबसाईटमै हेर्न मिल्ने भएकोछ। विद्यार्थी र सेवाग्राहीले शुल्कसम्बन्धी जानकारी लिन अत्यधिक दुख पाउने गरेको गुनासो गरेपछि त्रिवि परीक्षा नियन्त्रकको कार्यालयले एक सूचना प्रकाशित गर्दै शुल्क सम्बन्धी विवरण वेबसाईटमै दिएको हो ।
यस अन्तर्गत ट्रान्सक्रिप्ट, ओरिजिनल सर्टिफिकेट, माइग्रेसन सर्टिफिकेट, टीयू रजिस्ट्रेसन कार्ड, रिटोटलिङ, मार्कशिटमा नाम, थर सच्याउन, प्रतिलिपि मार्कशिट निकाल्न, रोल नम्बर हेर्न आदिका लागि लाग्ने शुल्कबारे जानकारी दिइएको छ । जानकारी लिनको लागि लिङ्कमा हेर्न सकिने छ।
कागजपत्र र शुल्क सम्बन्धी जानकारी लिन परीक्षा नियन्त्रण कार्यालय बल्खुमा रहेको सोधपुछ कक्षामा गएर वा कार्यालय समय भित्र फोन नम्बर ०१४२७७५८५ मा सम्पर्क गरी विस्तृत जानकारी लिन सकिने सुविधा पनि छ ।


