Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रेस बिज्ञप्ति

बैतडी घटनाबारे संयुक्त विद्यार्थी संगठन द्वारा बिरोध !

बैतडी घटनाबारे संयुक्त विद्यार्थी संगठन द्वारा बिरोध !

  • 902
    SHARES

  • बैतडी घटनाबारे संयुक्त विद्यार्थी संगठन द्वारा बिरोध !

    बैतडी १७ बर्षिय किशोरी भागरथी भट्ट को ह*त्याबारे  बिभिन्न बिद्यार्थी सङ्गठनले बिरोध जनाएका छन । बिद्यार्थी सङ्गठनहरु द्वारा संयुक्त बिज्ञप्ति सहित कार्बाहिको माग गरिएको छ। 

    बुधवार घरबाट विद्यालय गएकी भागरथी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर शव ह ंँत्या गरी फालिएको अवस्थामा जङ्गलमा फेला परेको छ र उनको बला'ंत्कारपछि ह'ंंत्या गरिएको आशंका गरिएको छ।

    बिज्ञप्ति मा भनिएकोछ, यो घटना बाट हामी सबै स्तब्ध भएका छौं। मृतक बहिनी भागरथी भट्ट प्रती भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछौं। 

    उक्त घटनाको सत्यतथ्य छानबिन गरि सारा मानवीय मुल्य मान्यता माथी चुनौती खडा गर्ने यस्तो हिंसक र अपराधी घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई हदै सम्मको कार्वाहीका लागि संबंधित निकायको सङ्ग जोडदार माग गर्दछौं। 

    हेर्नुस बिज्ञप्ति सहित :

    FB_IMG_1612503956615.jpg

    images
    शुक्रवार, माघ २३ २०७७११:४०:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार