Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रोत्साहन भत्तामा अस्थायी शिक्षक–कर्मचारीलाई पनि समेट्न माग

प्रोत्साहन भत्तामा अस्थायी शिक्षक–कर्मचारीलाई पनि समेट्न माग

  • 64
    SHARES

  • प्रोत्साहन भत्तामा अस्थायी शिक्षक–कर्मचारीलाई पनि समेट्न माग

    काठमाडौं । नेपाल राहत शिक्षक राष्ट्रिय समिति र नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघले अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई समेत प्रोत्साहन भत्तामा समेटी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

    समितिहरूले २०८३/८४ को बजेटमा सबै प्रकृतिका शिक्षक तथा कर्मचारीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको विषयलाई स्वागत गर्दै कार्यान्वयनमा देखिएको अन्यौलताप्रति आपत्ति जनाएका हुन्।

    संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यालय शिक्षा प्रणालीको गुणस्तर, पहुँच र विस्तारमा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीको योगदान स्थायी शिक्षक–कर्मचारीको भन्दा कम नरहेको बताएका छन्।

    ‘समान कामको समान व्यवहार’को आधारमा अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन भत्ताबाट वञ्चित गर्न नहुने उनीहरूको भनाइ छ। सरकारले कुनै पनि प्रकारको विभेद नगरी प्रोत्साहन भत्ता तत्काल वितरण गर्नुपर्ने माग विज्ञप्तिमार्फत गरिएको छ।

    उनीहरूले अस्थायी शिक्षक तथा कर्मचारीको सेवा, समर्पण र योगदानको सम्मान गर्दै प्रोत्साहन भत्तामा उनीहरूलाई समेत समेट्ने गरी आवश्यक निर्णय लिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

    नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघका अध्यक्ष विष्णु खत्री र नेपाल राहत शिक्षक राष्ट्रिय समितिका महासचिव जीवन तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा माग तत्काल सम्बोधन नभएमा थप कदम चाल्ने संकेतसमेत गरिएको छ।

    images
    शुक्रवार, आश्विन १६ २०८३०६:२५:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार