Oct 09 2026 | २०८३, आश्विन २३ गते

पुनर्वास नगरपालिकाद्वारा शिक्षकलाई ल्यापटप बितरण

पुनर्वास नगरपालिकाद्वारा शिक्षकलाई ल्यापटप बितरण

  • 412
    SHARES

  • पुनर्वास नगरपालिकाद्वारा शिक्षकलाई ल्यापटप बितरण

    साउन, ११ महेन्द्रनगर। कञ्चनपुर पुनर्वास नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ। नगरपालिकाको 'एक शिक्षक, एक ल्यापटप' अवधारण अन्तर्गत ल्यापटप वितरण गरिएको हो।

    सामुदायिक विद्यालयका शिक्षकहरुको ५० प्रतिशत तथा पुनर्वास नगरपालिकाको ५० प्रतिशत साझेदारी लागतमा ल्याप्टप खरिद गरि शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको नगर शिक्षा शाखा प्रमुख शिवराज भट्ट ले जानकारी दिए ।

    साउन १० गते बुधवार पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच नगर शिक्षा शाखा पुनर्वासले सामुदायिक विद्यालयका ३४ जना शिक्षकहरूलाई ल्यापटप बितरण गरिएको थियो।  

    पुनर्वास नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनका लागि एक शिक्षक एक ल्यापटप अवधारणा अगाडि ल्याइएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ले बताए । नगर प्रमुख शर्माले यो कार्यक्रमले सामुदायिक विद्यालय पनि निजी विद्यालयसँग प्रतिप्रर्धा गर्न सक्ने हुने र शिक्षकहरु प्रविधिमैत्री भएपछि विद्यार्थीहरु पनि प्रविधि मैत्री हुने भएकोले यस्तो कार्यक्रम ल्याइएको बताए ।

    त्यसैगरी प्रमुख शर्माले चालु आर्थिक वर्षमा कुल बजेटको एक तृतियाशं बजेट शिक्षामा लगानी गरेको बताउदै अवको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमा जोद दिनुभयो ।

     

    images
    बिहिवार, श्रावण ११ २०८००५:३४:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार