शुक्रवार, श्रावण १२ २०८०
साउन, ११ काठमाडौँ । काठमाडौ महानगर वडा १६ नयाँ बजार, सोर्हखुट्टेमा अवस्थित मनास्लु स्कुल/कलेज शिक्षण सिकाइ तथा गतिविधिको लागी परिचित छ। आफ्नै ६ रोपनि जमिनमा बनेको सुबिधा सम्पन्न भुकम्प प्रतिरोधी भवन तथा अन्य भौतिक संचरना उत्कृष्ट ब्यबस्थापन र शैक्षिक ब्याक्तित्वहरुद्वारा संचालित उक्त कलेज SEE उत्तीर्ण गरेपछिको आकर्षक गन्तव्य समेत बनेको छ।
बि.सं. २०५९ मा स्थापना भएको यस स्कुल"कलेजले मन्टेश्वरी देखी कक्षा ११ र १२ सम्म अध्ययन अध्यापन गर्दै आएको छ। सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस स्कुल/ कलेजले कक्षा ११ र १२ मा Science, Management र Humanities संकायका सबै विषय अध्ययन अध्यापन गर्दै आएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने माध्यमिक शिक्षा परिक्षा कक्षा १० (SEE) र कक्षा १२ को परीक्षामा हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउने गरेको यस स्कुल/कलेजमा कुल १ हजार बढी विद्यार्थीहरु अध्ययनरत छन्। यो बिद्यालय काठमाडौं महानगरपालिकाको 'क' श्रेणीमा पर्दछ।
योग्य र अनुभवी दक्ष शिक्षकहरूबाट उत्कृष्ट शिक्षण पद्धति र विद्यार्थीलाई श्रव्यदृश्य सामाग्रीबाट अध्यापन गराउनुका साथै सामूहिक छलफल, सहायक पाठ्यसामग्रीहरुको सहयोगमा शिक्षण सिकाइ क्रियाकलापलाई अघि बढाउनु यस स्कुल/ कलेजको बिशेषता हो।
एस कलेजले जेहेन्दार तथा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने साथै आर्थिक रुपमा विपन्न, पिछडिएको क्षेत्रबाट आउने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। भने कृष्णमाया भट्ट् फाउन्डेसनबाट हरेक बर्ष ३ जना (बिद्यालय तह २ जना र कक्षा ११ मा एकजना) छात्रालाई नि:शुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ।
यस स्कुल/कलेजले बिज्ञान तर्फ कक्षा ११ र १२ मा Computer Hardware Training १५ घन्टा र Networking Training १५ घन्टा, होटेलमेनेजमेन्ट तर्फ बार टेन्डर, बारिस्टा ट्रेनिङ तथा मास कम्युनिकेसन अन्तर्गत उद्घोषण ट्रेनिङ, RJ/VJ ट्रेनिङ, प्रिन्ट मिडिया र मिडिया हाउसमा इन्ट्रन्सिपको अतिरिक्त ट्रेनिङ समेत दिने गरेको छ। व्यावसायिक बिषय अध्ययन अन्तर्गत कक्षा ११ र १२ मा General Banking, Insurence, Office Management, Banking Software, Tax, Audit तथा Share Market सम्बन्धी समेत तालिम दिदै आएको छ
यस स्कुल/ कलेजमा शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन डिजीटल लाइब्रेरी, बिज्ञान तथा कम्प्युटर ल्याब, स्पोर्ट्स क्लबहरु सञ्चालनमा छन्। त्यसैगरी विद्यार्थीहरुको सर्बाङ्गिण बिकसका लागी पढाईका साथसाथै खेलकुद (बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, फुटबल, भलिबल) गायन,नृत्य, चित्रकला, बक्तृत्वकला, हाँजिरिजवाफ लगाएत बिबिध क्रियाकलापहरुमा समेत विशेषज्ञ जोड दिने गरेको छ।
यस स्कुल/कलेजले प्रतिभालाइ सम्मान गर्दै कक्षा ११ मा भर्ना हुदा समेत विभिन्न कृयाकलापमा रुचि भई त्यस क्षेत्रमा लाग्ने विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिको ब्यबस्था समेत गर्ने गरेको छ। काठमाडौको नयाँ बजारमा रहेको मनास्लु स्कुल/कलेज मध्यम तथा न्यून आय भएका अभिभावक तथा विद्यार्थीहरुको लागि अत्यन्तै सहज हुने गरेको त्यहा अध्ययनरत विद्यार्थीहरुको बुझाइ छ।