शनिवार, श्रावण १३ २०८०
साउन, १३ पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिकाले संस्थागतब(निजी) विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सामुदायिक बिद्यालयका शिक्षक सरह सेवा सुबिधा दिन निर्देशन दिएको छ । पालिकाले एक सुचना जारी गर्दै नगरपालिका संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्यून तलब र सुविधामा काम गरिरहेको गुनासो प्राप्त भएको भन्दै यस्तो निर्देशन दिएको हो।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत बिद्यालयहरुलाई पत्राचार गर्दै संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई सामुदायिक स्कुल सरह तलब स्केल,दशै खर्च,बिदाहरु, तालिम, , ज्येष्ठता भत्ता उपलब्ध गराउन, सञ्चय कोषको व्यवस्था गर्न, बिरामी तथा अध्ययन बिदाको सुविधा कार्यान्वयन गर्न र उनीहरूको तलब बैङ्क मार्फत भुक्तानी गर्न निर्देशन दिएको छ।
नगरपालिकाको शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम १३ को उपनियम २ मा सबै संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीलाई सरकारी मापदण्डमा पारिश्रमिक, दसैँ खर्च, लिलामको अवसर, ज्येष्ठता भत्ता उपलब्ध गराउनु पर्ने व्यवस्था छ । त्यसैगरी सोही नियमावलीको ३ मा शिक्षक कर्मचारीको लागी नियमित तलबबाट निश्चित प्रतिशत रकम कटाएर सोही बराबरको रकम थप गरी सञ्चयकोषको प्रबन्ध गर्नुपर्ने पत्रमा उल्लेख छ ।
