Oct 09 2026 | २०८३, आश्विन २३ गते

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो ।( यसरी भर्नुस फारम)

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो ।( यसरी भर्नुस फारम)

  • 608
    SHARES

  • कोरियन भाषा परीक्षाको आवेदन खुल्यो ।( यसरी भर्नुस फारम)

    साउन, १४ काठमाडौ । नेपाल सरकार वैदेशिक रोजगार बिभागले कोरियन भाषा परिक्षा (EPS-TOPIK) को लागि आवेदन खुला गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया श्रम मन्त्रालय बिच सम्पन्न समझदारी पत्र (MOU) अनुसारको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत भाषा परिक्षाको लागि आवेदन खुला गरेको हो।

    गणतन्त्र कोरियामा नेपाली नागरिकलाई पानीजहाज कम्पनिमा कामदारका रुपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियन भाषा प्रणाली संचालन गर्ने सम्बन्धमा HRD Service of Korea बाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन इच्छुक योग्य नेपाली नागरिकहरुबाट आवेदन फारम भरन सक्ने सुचनामा उल्लेख गरिएको छ।

    भाषा परीक्षा २०८० असोज १ गते सोमवार देखि एक दिनमा ४ सिफ्ट गरि परीक्षा सञ्चालन हुनेछ। उमेर १८ बर्ष पूरा भै ३९ बर्ष नकटेका, फौजदारी अभियोग नलागेका, गणतन्त्र कोरियामा गई गैरकानुनी गतिबिधिमा संङ्लग्न नभएका, नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको र कोरियामा E-9 र E-91 भिषामा ५ बर्ष भन्दा कम अवधी बसेकाले आवेदन दिन पाउनेछन।

    आवेदन फारम साउन २० गते देखि २४ गते बुधबार सम्म https://eoers.epsnepal.gov.np मा गइ अनलाइ आवेदन दिनसकिने छ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

     

    images
    आइतवार, श्रावण १४ २०८००७:२९:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार