आइतवार, श्रावण १४ २०८०
साउन, १३ काठमाडौ । द सनसाईन स्कुल/कलेजले एसईई २०७९ मा उत्तीर्ण भएका विद्यार्थीहरुलाई दिक्षित गरेको छ। बिजेश्वरीमा अवस्थित उक्त स्कुल/ कलेजले शनिवार ठुलोभर्यङ स्थित Orchid पार्टी प्यालेसमा एक कार्यक्रमका गर्दै दिक्षित गरेको हो।

कार्यक्रम कक्षा १० कि सिजरिया तुलाधरले संचालन गरिन भने कक्षा १० का विद्यार्थी नवीन चौधरीले सभापति रहनुभयो। त्यसैगरी द सनसाइन स्कूल कलेजका संस्थापक तथा प्रिन्सिपल बाबुराम गौतम प्रमुख अतिथीको रुपमा उपस्थित रहनुभयो। त्यस्तै प्रिन्सिपल अजितपाण्डे र भाइस प्रिन्सिपल तेज प्रसाद भण्डारी, बोर्ड सदस्यहरु कृष्ण उपाध्याय, चन्द्र वाग्ले, प्रकाश हमाल, ज्ञानराज भण्डारी लगाएत बिशेष अतिथी सहभागी हुनुहुन्थ्यो ।
दिक्षित तथा अभिनन्दन कार्यक्रममा विद्यार्थीहरुले गायन तथा साँस्कृतिक झल्को दिने गरि नृत्य प्रदर्शन गरी आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रममा एसईई -२०७९ मा उतीर्ण विद्यार्थीहरुलाई बिद्यालयले सम्मान सहित टोकन अफ लभ प्रदान गर्यो।

विद्यार्थीहरुलाई दिक्षित पश्चात् 'द सन साइन'का संस्थापक प्रिन्सिपल बाबुराम गौतमले विद्यार्थीहरुलाई मन्तव्य मार्फत उत्प्रेरित गर्नुभयो। उहाँले एसईई पास गरेपछी विद्यार्थीहरुको आफ्नो क्षमता र रुचि अनुसारको बिषय अध्यायनको लागि अवसर प्राप्त हुने भएकोले लहडमा लागेर बिषयहरु छान्न नहुने बताउनुभयो। उहाँले कक्षा ११ र १२ उच्च शिक्षा नभै बिद्यालय शिक्षा नै भएकोले त्यो अनुरुप बुझ्न र पढ्न सुझाव समेत दिनुभयो।
द सनसाइन कलेजले सोही बिद्यालय बाट एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुर्ण छात्रवृत्ति दिने समेत घोषणा गरिसकेको छ।





