सोमवार, श्रावण १५ २०८०
साउन, १५ काठमाडौ । काठमाडौ बर्नहार्ट कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । काठमाडौ महानगर १४ बल्खुमा अवस्थित बर्नहार्ट स्कुल/ कलेजले आज सोमवार एक भब्य कार्यक्रमका बिच अभिमुखिकरण कार्यक्रम गरेको हो।

बर्नहार्टले आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको संचालन अंग्रेजी डिपार्टका शिक्षक कमल पौडेलले गर्नुभयो। साथै कलेजका फाउडिङ प्रिन्सिपल केबि महर्जनले पानसमा बत्ती बालेर अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्नुभयो ।

उक्त कार्यक्रममा कलेजका अध्यक्ष भुपेस छत्कुली, सल्लाहकार प्रोफेसर डाक्टर नारायण प्रसाद चापागाईं, प्रबन्ध निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक पुरुसोत्तम बिष्ट, प्रिन्सिपल अमृतबाबू भट्ट, क्याम्पस चिफ सहदेब सिग्देल, प्रशासन प्रमुख रामचन्द्र थापा, बिहानी सिफ्ट कोर्डिनेटर मनोज बिष्ट लगाएत संकाय प्रमुखहरु, बिभागिय प्रमुख र शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रममा कलेजका संस्थागत प्रिन्सिपल केबि महर्जनले यो पुस्ताका विद्यार्थीहरु अत्यन्तै सिर्जनात्मक हुने भएकोले बर्नहार्ट कलेजले उनिहरुको सपना पूरा गर्ने बताउनुभयो । उहाँले विभिन्न देशहरूको शिक्षाको अनुभव सुनाउदै बर्नहार्टले विद्यार्थीहरुलाई बिश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सीप र क्षमताको बिकास गर्ने बताउनुभयो।

त्यसैगरी अध्यक्ष भुपेश छत्कुलिले बर्नहार्टमा अध्ययन गरि देश र बिदेव्हमा समेत महत्वोपुर्ण ठाउहरुमा विद्यार्थीलाई देख्दा गर्व लाग्ने भन्दै कक्षा ११ का विद्यार्थीहरुले त्यो अनुरुप मिहेनत गर्नुपर्ने कुरामा जोड दिनुभयो।
कार्यक्रममा बर्नहार्टका सल्लाहकार प्रोफेसर डाक्टर नारायण प्रसाद चापागाईंले युग सुहाउँदो शिक्षा दिने कुरामा बर्नहार्ट कहिले नचुक्ने बताउदै सुनौलो भविस्यकोलागी पढ्न आएका विद्यार्थीहरुलाई आफुले विद्यावारिधि गरेको स्पेस साइन्सको बारे रोचक प्रसंगद्वारा उत्प्रेरित गर्नुभयो। त्यस्तै बर्नहार्टका प्रबन्ध निर्देशक नवराज अधिकारि र शैक्षिक निर्देशक पुरुसोत्तम बिष्टले विद्यार्थीहरुलाई स्वागत गर्नुभयो।
अभिमुखिकरण कार्यक्रममा बर्नहार्ट स्कुलका प्रिन्सिपल अमृत बाबू भट्टले मन्तव्य राख्नुभयो। उहाँले देशको विभिन्न भुगोलबाट कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै आउने २ बर्ष विद्यार्थीहरुलाई उनिहरुको लागि सबैभन्दा महत्वपूर्ण समय रहने बताउनुभयो। विद्यार्थीहरुले स्वयं अनुशासन र आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने भन्दै आगामी २ बर्ष विद्यार्थीहरुको शैक्षिक ज्ञान र सिप संगसंगै नेतृत्व बिकास, ब्यबस्थापकिए ज्ञान सिर्जनात्मक क्षमता र पेशगत जिवनको बिकास गर्नमा लागिपर्ने बताउनुभयो।
एक अर्को प्रसंगमा भट्टले बर्नहार्टको २४ बर्षे यात्रा अत्यन्तै प्रगतिशील र चम्किलो रहेकोले रहेकोले देशमै टप १० मा पर्न सफल कलेजमा हाल ७७ जिल्लाकै विद्यार्थीहरु अध्ययन अध्यापन गर्दै आएको बताउनुभयो। कलेजको सुन्दरता भनेकै भिन्नभिन्न भुगोल, समुदाय, धर्म र संस्कृतिका विद्यार्थीहरुको जमघट हुने भएकोले विद्यार्थीहरुले सबैको सम्मान गर्दै त्यसबाट उनिहरुले नेपाली समाजबारे धेरै कुरा बुझ्नसक्ने बताउनुभयो।
अभिमुखिकरण कार्यक्रममामा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गायन तथा नृत्यहरु प्रस्तुति गरेका थिए।
त्यसैगरी अभिमुखिकरण कार्यक्रममा कलेजमा पालना गर्ने नियम, पढ्नुपर्ने बिषय बस्तुको बारे विद्यार्थीहरुलाई सुचित गरेकोथियो।
बर्नहार्ट कलेजले आगामी साउन १८ गते देखि पठनपाठन सुचारु गर्दै छ।




