बिहिवार, श्रावण १८ २०८०
साउन,१८ काठमाडौ । नेपाल राहत शिक्षक केन्द्रिय समितिले आन्दोलनका लागि तयार रहन सर्कुलर जारी गरेको छ। साउन १७ गते बसेको केन्द्रिय समितिको बैठकले ७ वटै प्रदेश अध्यक्ष, ७७ वटै जिल्ला अध्यक्ष र ७५३ वटै गाउँ पालिकाका अध्यक्षहरुलाइ पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
संघिय शिक्षा ऐन २०८० को मस्यौदा अध्ययन गर्दा हाम्रो माग र विभिन्न समयमा भएका सम्झौता र सहमति बिपरित पेशाको स्थायित्व सवालमा चम बिभेद गरेको देखिएकोले सबै परिस्थिति आँकलन गरि आन्दोलन को तयारी गर्नुपरेको सर्कुलरमा उल्लेल्ह गरिएको छ।
सर्कुलर अनुरुप २०८० साउ १८ गते आज आन्दोलन परिचालनका सबै सदस्य काठमाडौ आइपुग्ने, २० गते केन्द्रिय समितिक बैठक बस्ने, बैठकमा मातहतका सबै सदस्य अनिवार्य उपस्थित हुने र सबै शिक्षकहरु उच्छ सतर्कतामा रहने उल्लेख गरिएको छ।

त्यसैगरी नेपाल शिक्षक महासंघले नेपाली शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाका प्रयत्नको कडा प्रतिरोध गर्नेतावनी दिएको छ । शिक्षा ऐनका मस्यौदाका नाममा सामाजिक सञ्जालमा फरक फरक विषय समेटिएका थरिथरिका दस्तावेज सार्वजनिक भइरहेको बताउँदै सरकारले शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि षडयन्त्र गरे कडा रुपमा आन्दोलनको कार्यक्रम सहित अघि आउने चेतावनी दिएको छ ।
‘सरकारले आधिकारिकरुपमा मुख्य सरोकार पक्ष नेपाल शिक्षक महासङ्घसँग नयाँ ऐन सम्बन्धमा आवश्यक सहकार्य र छलफल गरेको छैन । यस घटनालाई नेपाली शिक्षक–कर्मचारीका जायज मागमुद्दामाथि धोका वा षडयन्त्रको लक्षणरुपमा हामी बुझिरहेका छौं । नेपाली शिक्षक–कर्मचारीका मागमुद्दा र हकहित माथि हुने कुनै पनि प्रकारको षडयन्त्र वा धोकाका प्रयत्नको कडा प्रतिरोध गर्न ने.शि. महासङ्घ अबकडा आन्दोलनकोकार्यक्रम सहित अघि आउने कुरा उद्घोष गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
साथै आन्दोलनबाट सिर्जना हुने परिणामप्रति सरकार आफू जिम्मेवार हुने कुरा अवगत गराउँदै शिक्षक–कर्मचारीको हकहित सुरक्षा र स्वभिमानका खातिर तुरुन्तै थालनी हुने आन्दोलनका लागितम्तयार रहन सबै शिक्षक–कर्मचारीहरुलाई अपील गरेको छ ।
