Jul 27 2026 | २०८३, श्रावण ११ गते

छात्रवृत्तिको आवेदन दिएका विद्यार्थीले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने। (यस्तो छ तरिका)

छात्रवृत्तिको आवेदन दिएका विद्यार्थीले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने। (यस्तो छ तरिका)

  • 636
    SHARES

  • छात्रवृत्तिको आवेदन दिएका विद्यार्थीले प्रवेश पत्र प्रिन्ट गर्न सक्ने। (यस्तो छ तरिका)

    साउन, १८ काठमाडौ । काठमाडौ महानगरपालिकामा कक्षा ११ मा छात्रवृत्ति प्राप्त गर्न आवेदन दिएका विद्यार्थीहरुले आजदेखी प्रवेश पत्र प्रिन्ट गर्न सक्ने छन। महानगरले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।

    प्रवेश पत्र प्रिन्ट गर्नका लागि entrance.kathmandu.gov.np/ मा जानुहोस् र Check Your Status मा थिच्नुहोस् ।

    तपाईंले कुन लेवलका लागि आवेदन दिनुभएको हो (Level), कुन विषयका लागि आवेदन दिनुभएको हो (Program), SEE मा कति प्राप्त गर्नुभएको GPA, जन्म मिति (Date of Birth) र SEE को Symbol नम्बर भर्नुहोस् , यी विवरण सही भरेपछि प्रवेश पत्र देखिन्छ र यसलाई Download गर्नुहोस्, Print गर्नुहोस् । 

    परीक्षा केन्द्र र विद्यार्थीहरुका लागि निर्देशन त्यही प्रवेश पत्रमा प्राप्त गर्नुहुनेछ ||

    परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्ने तरिका सम्बन्धी जानकारी ।

    १) रोल नम्बर लेख्दा एउटा बक्समा एउटा अङ्क पर्ने गरि लेख्नोस्

    २) उत्तर दिँदा बक्समा दिइएका विकल्पमध्ये सही कोठामा अक्षर छोपिने गरी गोलो घेराभित्र पूरै कालो (बबल) बनाउनुहोस् ।

    ३) एकपटक गोलो गरिसकेपछि अर्कोमा परिवर्तन नगर्नुहोस् ।

    ४) कालो कलम मात्र प्रयोग गर्नुहोस् ।

    ५) पानामा अनावश्यक चिन्ह नलगाउनोस् ।

    ६) आफ्नो उत्तर SET मा मात्र लेख्नुहोस् ।

    FB_IMG_1691028612542.jpg

    images
    बिहिवार, श्रावण १८ २०८००८:०८:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार