Oct 09 2026 | २०८३, आश्विन २३ गते

प्रेलिफिक माविमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण सम्पन्न।

प्रेलिफिक माविमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण सम्पन्न।

  • 800
    SHARES

  • प्रेलिफिक माविमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण सम्पन्न।

    साउन, १८ काठमाडौ । काठमाण्डौ महानगरपालिका वडा नं ४ धुम्बाराहीमा रहेको प्रोलिफिक मावीमा कक्षा ११ का विद्यार्थीहरुलाई गत साता अभिमुखीकरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    लामो समय देखि शैक्षिक विकासमा सक्रिय रहेको प्रोलिफिक मावीको प्रांगणमा भएको सो अभिमुखीकरण कार्यक्रममा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल प्रमुख अतिथि रहेका थिए।

    received_3407673616148995.jpeg

    बिद्यालय तथा कलेजका प्रिन्सिपल गोपाल बहादुर महतको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। सो कार्यक्रममा कलाकार रमेश पाठक ,कलाकार तथा मोडेल अदिति श्रेष्ठ तथा कलाकार शिला गजुरेलले आफ्नो प्रस्तुति दिएका थिए।उक्त कार्यक्रममा विद्यालय व्यवस्थापनका तर्फबाट भावना खड्काले स्वागत मन्तव्य राखेकी थिइन् ।

    received_165740316469691.jpeg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडलले उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भविष्यमा आफ्नो पुस्तामा हरेक क्षेत्रको नेतृत्वदायी भुमिकामा आउन सक्ने धारणा राखेका थिए ।उनले कलेजहरुले शंख्यात्मक रुपमा मात्रै नभएर गुणात्मक रुपमा पनि विद्यार्थीहरुको विकास र पठनपाठन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

    received_826001162161049.jpeg

    त्यस्तै उक्त कार्यक्रममा विशेष अतिथीको रुपमा रहेकीवडा नम ४ की प्रतिनिधि सन्ध्या खनालले,प्रोलिफिक कलेज यस क्षेत्रको पुरानो र सुविधा सम्पन्न तथा गुणस्तर कलेज भएको बताउदै आगामी दिनमा पनि विविध गतिविधीहरुमा हातेमालो गर्ने र आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

    कार्यक्रममा युवा बैज्ञानिक डा:सागर ढकालले विद्यार्थीहरुलाई Re-search र Innovation सँग जोड्न आफु प्रतिबद्ध रहेको कुरा बताए ।received_658403586206949.jpeg

    उक्त साँस्कृतिक कार्यक्रममा राष्ट्रिय गायक रमेश पाठक,मोडेल तथा डान्सर अदिती श्रेष्ठ र शिला गजुरेलको दमदार प्रस्तुति रहेको थियो।सो कार्यक्रममा कलेजका पुर्व विद्यार्थीहरु भावना पराजुली र सोनिया लामाले प्रोलिफिक कलेज आफ्नो जीवनको सफलताको एक मजबुत सिँढी भएको कुरा उल्लेख गर्दै कलेज प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए ।

    सो कार्यक्रमका अध्यक्ष प्रिन्सिपल गोपाल बहादुर महतले प्रोलिफिकले गुरस्त्रिय शिक्षा प्रधान गर्दै आई शिक्षामा छुटै पहिचान बनाउदै यहाँसम्म आईपुग्न गरेको शैक्षिक योगदानको बारेमा बताउदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै तहतप्काका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

    received_1928924070827633.jpeg

    उनले कलेजका नियम,गतिविधी र योजनाहरुलाई विद्यार्थीहरुको बिचमा राख्दै कलेजलाई बिद्यार्थीहरुले आफ्नो रोजाइमा पारेकोमा धन्यबाद बय्क्त गगर्नुका साथै आगामी दिनमा पनि बिद्यार्थीहरुलाई गुरन्स्तरिय पठन पाठनका लागि कालेज प्रशासन र आफु कटिवद्ध रहेको बताएका थिए।

    यस कार्यक्रमको पहिलो खण्डको संचालन स्कुलकी संचालक ललिता पाण्डेले गरेकी थिइन् भने दोस्रो खन्डको संस्कृतिक कार्यक्रम सन्चालन कलेज बिद्यार्थीहरु सोनिया लामा र् आकाश दाहालले गरेका थिए । सो कार्यक्रमको सम्योजन कलेज इन्चार्ज डा.वन्दना पौडेलले गरेकी थिइन् ।received_1040954993735796.jpeg

    अभिमुखिकरण कार्यक्रम सकिएपनी विद्यार्थीहरु आउने क्रम जारी रहेकोले प्रोलिफिक माद्यामिक बिद्यालयले हाल कक्षा ११ मा भर्ना लिइरहेको छ। 

    FB_IMG_1691080348931.jpg

     

    images
    बिहिवार, श्रावण १८ २०८०१०:०६:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार