Oct 09 2026 | २०८३, आश्विन २३ गते

प्रोलिफिकले आयोजना गरेको अन्तर बिद्यालय फुटसल प्रतियोगिता सम्पन्न।

प्रोलिफिकले आयोजना गरेको अन्तर बिद्यालय फुटसल प्रतियोगिता सम्पन्न।

  • 972
    SHARES

  • प्रोलिफिकले आयोजना गरेको अन्तर बिद्यालय फुटसल प्रतियोगिता सम्पन्न।

    साउन, १९ काठमाडौ । प्रोलिफिक माध्यामिक वि‌द्यालय / कलेजले आयोजना गरेको अन्तर बिद्यालय फुटसल प्रतियोगिता सम्पन्न भएको छ। फुटसल प्रतियोगितामा काठ्‌मान्डौ महानगरपालिका, ४ स्थित विभिन्न सरकारी माध्यामिक वि‌द्यालयहरु प्रोलिफिक मा.बि./ कलेज, शिवपुरी मा. वि, बाँसबारी मा.वि र महेन्द्र राष्ट्रिय मा.वि. का छात्र तथा छात्राहरूको टिम सहभागी भएका थिए।

    FB_IMG_1691164269138.jpg

    प्रतियोगितामा छात्र र छात्राहरु लगायत जम्मा १५ वटा टिमको सहभागिता रहेको टुर्नामेन्टका संयोजक धीरेन्द्र शाहीले बताउनुभयो । काठ्‌मान्डौ महानगरको शुक्रबारिय विद्यालय कार्यक्रम "Book free friday" अन्तर्गत रहेर, प्रोलिफिक मा.वि./कलेज‌ले वडा नं. ४ मा रहेका विभिन्न सामुदायिक तथा सरकारी वि‌द्यालयहरुलाई निशुल्क दर्ता सहित, आफ्नै फुटसल‌मा मैदानमा कार्यक्रम सम्पन्न गरेको हो।

    FB_IMG_1691164236970.jpg

    यस्ता प्रतियोगिताहरूले वि‌द्यालय तथा विद्यार्थीहरुवीच आपसी सम्बन्ध मजबुत हुने, भातृत्व र साथीत्वको विकास हुने र विद्यार्थीहरुको रचनात्मक प्रतियोगिताह‌रूले उनीहरूको क्षमता अभिवृद्धि गर्ने लगायत‌का विषय राख्दै प्रतियोगितामा सरिक भएका सम्पूर्ण विद्यालयका विद्यार्थी, सहभागी शिक्षक, प्रधानाध्यापक, प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई, प्रोलिफिक मा.बि कलेजका प्रधानाध्यापक गोपाल ब. महतले हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

    FB_IMG_1691164218477.jpg

    उक्त प्रतियोगितामा छात्रा अन्तर्गत प्रोलिफिक 'ए' द्वितीय र बाँस‌बारी मा.वि. प्रथम भएको थियो छात्रअन्तर्गत 'प्रोलिफिक वीं तृतीय, बाँसबारी मा.वि द्वितीय भएका थिए भने 'प्रोलिफिक ए प्रथम भएको थियो।

    उक्त फुटसल प्रतियोगितामा रेफ्रि भूमिकामा उत्तम खालीङ राई र रोशन श्रेष्ठ थिए। प्रतियोगीतामा उपस्थित सम्पूर्णलाई, विद्यालयको तर्फबाट प्रोलिफिक मा.वि/ कलेज की व्यवस्थापन समिति सदस्य भावना खड्‌काले स्वागत मन्तब्य सहित धन्यवाद व्यक्त गर्नुभएको थियो।FB_IMG_1691164257102.jpg

    स्रोत : प्रोलिफिक स्कुल/कलेज धुम्बाराही।

    FB_IMG_1691080348931.jpg

     

    images
    शुक्रवार, श्रावण १९ २०८००९:४२:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार