शनिवार, श्रावण २० २०८०
साउन, २० काठमाडौ । कुलेश्वर आवास माध्यमिक बिद्यालयले कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। काठमाडौ महानगर, १४ कुलेश्वरमा अवस्थित बिद्यालयले विद्यार्थीहरुलाई अभिमुखिकरण गरेको हो।

उक्त कार्यक्रम बिद्यालय शिक्षक पृथ्वी मगरले संचालन गर्नुभयो। कार्यक्रम बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष तथा काठमाडौ जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख नन्दलाल पौडेलको सभापतित्वमा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सांसद नुरज बज्राचार्य, बिद्यालय/काम्पसका प्रिन्सिपल मेघराज दुलाल, क्याम्पसका अध्यक्ष तथा ब्यबस्थापन समिती सदस्य भेषनाराण दाहाल, कुलेश्वर गुठिका अध्यक्ष राजु दाहाल, कबिता पौडेल, साययक प्रधानाध्यापक सुरेस सुवेधी, कोर्डिनेटर प्रकाश भण्डारी , गुठियारहरु गोपाल प्रसाद दुलाल, घनश्याम गौतम (गुठियार), गृहेन्द्र घिमिरे (गुठियार), मदन श्रेष्ठ (गुठियार), रामाराजा पौडेल (गुठियार), चिरञ्जीवी खडका र सन्तोस पौडेल लगाएत बिभागिय प्रमुखहरु, शिक्षक, कर्मचारी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रममा गोपालप्रसाद दुलालले स्वागत मन्तव्य दिनुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य राख्नुभयो। उहाँले नेपाल प्राकृति हिसावले धनी भएको भन्दै यसलाइ Explor गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी ब्यबस्थापन समिती सदस्य तथा कुलेश्वर आवास कल्याण संस्थाका अध्यक्ष राजु दाहाल, कुलेश्वर क्याम्पसका अध्यक्ष भेषनारायण दाहलले मन्तव्य मार्फत विद्यार्थीहरुलाइ उत्प्रेरित गर्नुभयो।
कार्यक्रममा कुलेश्व आवास बिद्यालयका कोर्डिनेटर प्रकाश भण्डारीले पढ्नुपर्ने पाठ्यपुस्तक, कलेजको शैक्षिक क्यालेन्डर र कलेजमा विद्यार्थीहरुले पालना गर्नुपर्ने अनुशासनको बारे प्रकाश पार्नुभयो।
अभिमुखिकरण कार्यक्रममा प्रिन्सिपल मेघराज दुलालले पढ्ने पढाउने कुरामा शिक्षक मात्रै प्रमुख नभई विद्यार्थीहरु समेत सक्रिय सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले कुलेश्वर आवास मावी भौतिक र शैक्षिक सामाग्रीहरुले सुबिधासम्पन्न भएको जानकारी दिनुभयो। कक्षा कोठामा डिजिटल बोर्ड, स्पोर्ट सामाग्री र खेल मैदानको लागि कुनै समस्या छैन भन्दै उहाँले बिद्यालय हिंसा रहित शैक्षिक संस्था भएको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रमको अन्त्यमा सभापति तथा शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख नन्दलाल पौडेलले विद्यार्थीहरुलाइ सिकाइ प्रक्रिया बारे अभिमुखिकरण गर्नुभयो। उहाँले विद्यार्थीहरुले सिक्ने धेरै तरिका हुने भन्दै त्यो अनुरुप शिक्षकले विद्यार्थीहरुको मनोबिज्ञान अनुरुप कक्षामा प्रस्तुत हुनुपर्ने बताउनुभयो। त्यसैगरी उहाँले कुलेस्वर आवास विद्यालय हिंसा रहित शिक्षा, बाल मैत्री शिक्षा दिने भएकोले यो नगरको उत्कृष्ट बिद्यालय भएको जानकारी बताउनुभयो ।

कुलेश्वर आवास बिद्यालयले आगामी साउन २२ गते सोमबार देखि कक्षा ११ कक्षा संचालन गर्ने भएको छ। त्यसैगरी कुलेश्वर आवास क्याम्पसले यसै बर्ष देखि पुर्वाञ्चल बिश्वबिद्धालय अन्तर्गत Bachelor Of Information Technology (BIT) मा समेत पढाइ संचालन गर्ने भएको छ।