आइतवार, श्रावण २१ २०८०
साउन, २१ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्राविधिक विद्याभूषणका लागि आवेदन माग गरेको छ ।
नेपाल विद्याभूषण प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन संस्थान तथा विदेशी विश्वविद्यालयबाट उल्लेल्ह भए अनुसारको योग्यता हासिल गरि नेपाली नागरिक र नेपालभित्र मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरि तोकिए अनुसारको योग्यता हासिल गरेका विदेशी नागरिकहरुले आगामी भाद्र ३ गते सम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ।
आवेदन फारम मन्त्रालयको वेभसाइट www.moest.gov.np मा रहेको अनुसूची १ को ढाचाँमा रु १० को टिकट टाँसी शिक्षा तथा मानव विकास स्रोत कोन्द्रमा आवेदन दिन सकिने बताइएको छ।
