आइतवार, श्रावण २१ २०८०
साउन, २१ काठमाडौ । काठमाडौ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति परिक्षाको नतिजा प्रकाशित भएको छ। काठमाडौ महानगरका संस्थागत बिद्यालयमा कक्षा ११ मा छात्रवृत्ति अध्ययन गर्न छहने विद्यार्थीलाई छनोट गर्न साउन २० गते लिइएको परिक्षाको नतिजा प्रकाशित भएको हो।
छात्रवृत्ति परिक्षामा कुल ६०१७ जना मध्यबाट ५१६२ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए। परिक्षामा सम्मिलित भएका मध्य परिक्षार्थिले न्युनतम उत्तीणाङ्क प्राप्त गरेकाले प्रारम्भिक नतिजा प्रकाशित गरिएको जनाइएको छ।
नतिजा चित्त नबुझेमा साउन २२ गते कार्यलय समय भित्र काठमाडौ महानगरपालिका शिक्षा बिभागमा स्वयं विद्यार्थी सहभागी भई रु १००० को भौचर सहित पुनर्योगको लागि आवेदन दिन सकिने छ।
परिक्षार्थिले आफ्नो प्राप्ताङ्क entrance.kathmandu.gov.np मा क्लिक गरेर डाउनलोड गर्न सकिने छ।
