Oct 09 2026 | २०८३, आश्विन २३ गते

नेपाल राहात शिक्षकद्वारा मागपत्र पेश।

नेपाल राहात शिक्षकद्वारा मागपत्र पेश।

  • 410
    SHARES

  • नेपाल राहात शिक्षकद्वारा मागपत्र पेश।

    साउन, २१ काठमाडौ । नेपाल राहत शिक्षक केन्द्रिय समितिद्वारा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई मागपत्र पेश गरेको छ। मिति २०८० साउन २१ गते दरवार स्कुलमा भएको बृहत अन्तक्रिर्या कार्यक्रम मार्फत उक्त मागपत्र हस्तान्तरण गरेको हो।

    सम्पूर्ण राहत शिक्षकको पेशागत भविस्य माथि गम्भीर प्रभाव परेको निष्कर्षमा पुगेको नेपाल शिक्षक समितिले मिति २०८० साउन २० गते काठमाडौमा बसेको दशौं पुर्ण  बैठकले गम्भीर छलफल गरेर दुई वटा माग मध्ये विकल्पमा राखेर आफ्नो मागपत्र बुझाएका हुन् ।

    राहत शिक्षकले आफ्ना माग सम्बोधन नभए सरकार ढाल्ने गरी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । करिब ४२ हजारको सङ्ख्यामा रहेका राहत शिक्षकले 'कोही पनि शिक्षक विस्थापित नहुने गरी आफूहरूलाई आन्तरिकबाट स्थायी गर्न' माग गरेका छन् ।

    मागपत्रमा नेपालको सामुदायिक बिद्यालय कार्यरत राहत शिक्षकहरुको पेशागत स्थायित्वको लागि विगत लामो समयदेखि संघर्ष गर्दै आइरहेको र पटकपटक विभिन्न सम्झौता भएको तर सरकारले कुनैपनी सम्झौता कार्यान्वयनमा गम्भीर नबनेको आरोप लगाएका छन् ।

    सम्झौतामा सम्पूर्ण राहत शिक्षकलाई स्वीकृत दरबन्दीमा लाने, सम्पूर्ण राहत शिक्षकलाई आन्तरिक /खुल्ला प्रक्रियाबाट स्थायी व्यवस्थापन गर्ने र स्थायी व्यवस्थापनको प्रक्रियामा उमेरहद नलाग्ने भन्ने गरिएता पनि त्यो सम्झौता गरेको ५ बर्ष बितिसक्दा उमेर र परिस्थितिले निकै कोल्टे फेरेको समिक्षा गर्दै अब आउने संघीय शिक्षा ऎनले सम्पूर्ण राहत शिक्षकको स्थायित्व नभए आन्दोलनको आँधी ल्याउने चेतावनी दिएका छन ।

    सम्पूर्ण राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समाबेश गर्न नितिगत प्रबन्ध गर्नुपर्ने वा सम्पुर्ण राहत शिक्षकलाई स्वीकृत दरबन्दीमा लागि कसैलाई पनि विस्थापित नहुने गरि सामान्य प्रक्रिया पूरा गरि स्थायी व्यवस्थापन गर्न नितिगत प्रवन्ध गर्नुपर्ने"  माग राखेका राहत शिक्षकहरुले लबिङबाट माग पूरा नभए राहत शिक्षक आफ्नो परिवार सहित आन्दोलनमा जाने बताएका छन् ।

    FB_IMG_1691337139636.jpgFB_IMG_1691337141606.jpg

    images
    सोमवार, श्रावण २२ २०८०१२:३४:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार