Jul 27 2026 | २०८३, श्रावण ११ गते

संस्थागत विद्यालयमा छात्रवृत्तिका पाएका विद्यार्थी र बिद्यालयको म्याचिङ लिस्ट

संस्थागत विद्यालयमा छात्रवृत्तिका पाएका विद्यार्थी र बिद्यालयको म्याचिङ लिस्ट

  • 738
    SHARES

  • संस्थागत विद्यालयमा छात्रवृत्तिका पाएका विद्यार्थी र बिद्यालयको म्याचिङ लिस्ट

    भदौ, ३० काठमाडौ । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा छात्रवृत्ति पाएका विद्यार्थी र विद्यालयको म्याचिङ लिस्ट, सार्वजनिक गरेको छ। महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि गत साउन २० गते लिएको परीक्षाको म्याचिङ् नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची प्रकाशन गरेको हो ।

    साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु पनि शिफारिस गरिएका छन् । प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्‍याङ्क), प्राथमिकता आदेश (प्राइरोटी आर्डर) समावेश गरिएको छ । 

    FB_IMG_1692015239554.jpg

    सो म्याचिङमा विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङ्मा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।

    छात्रवृत्ति पाउने मध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना लिइने नगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए ।

    पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्ने महानगरले जानकारी दियो । महानगरले भदौ ३ गते दोस्रो नतिजा प्रकाशन गर्ने जानकारी दियो ।

    पहिलो चरणमा छनोट भएका विद्यार्थी विद्यालय हेर्नुहोस्ः

    https://drive.google.com/file/d/1Yu2uk5u8_HQDyk5-1RoYobj9mU5wztPL/view?usp=drivesdk

     

    images
    मंगलवार, श्रावण ३० २०८००६:३२:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार