Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइलस्टोन युथ स्कुलले गर्यो साना कक्षाका अभिभावकलाई मोटिभेसन

माइलस्टोन युथ स्कुलले गर्यो साना कक्षाका अभिभावकलाई मोटिभेसन

  • 1.2K
    SHARES

  • माइलस्टोन युथ स्कुलले गर्यो साना कक्षाका अभिभावकलाई मोटिभेसन

    भदौ, २ गते काठमाडौ । माइलस्टोन युथ स्कुलले कक्षा नर्सरी देखि कक्षा २ सम्मको विद्यार्थीका अभिभावकलाई असल अभिभावकत्वको कला (Art of Parenting) कार्यक्रम गरेको छ। नागार्जुन नगरपालिका, ७ रामकोटमा अवस्थित उक्त स्कुलले थापा पार्टी प्यालेस फस्कुमा मोटिभेसन कार्यक्रम गरेको हो।

    IMG-20230819-WA0003.jpg

    असल अभिभावकत्वको कला (Art of Parenting) कार्यक्रम स्कुलका भाइस प्रिन्सिपल दिनेश भट्टराईले संचालन गर्नुभयो। कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल शिवराम गिरीले अध्यक्षता ग्रहण गर्नुभयो भने बालबिषेशज्ञ ,बालमनोबिज्ञ ,अनुसन्धानकर्ता तथा लेखक सानू अमात्य प्रमुख अतिथि रहनुभयो ।

    IMG-09b338f9b8b4b7ac65470758de9a1310-V.jpg

    एक दिने अभिभावक अभिमुखिकरण कार्यक्रममा बिद्यालय इन्चार्ज तथा शिक्षक बिन्दु गिरीले अभिभावकहरुको फुल जस्तो बालबालिकाकालाई मार्गदर्शन गर्न मौका दिनुभएकोमा हार्दिक धन्यवाद दिंदै स्वागत गर्नुभयो। उहाँले दण्डबिना उत्प्रेरित गर्दै अध्यापन गर्नुपर्ने आजको आवश्यकतालाई बुझेर अध्यापन गराउने बिश्वास पनि व्यक्त गर्नुभयो ।

    IMG-0976c7bc98197a845a4a8f0b707b9a9c-V.jpg

    असल अभिभावक बन्ने विभिन्न कला सिकाउँदै प्रशिक्षक सानू अमात्यले कार्यक्रमलाई रोचक तथा उपलब्धिमुलक ढंगले संचालन गर्नुभयो । उहाँले भन्नुभयो "प्रत्येक घर बिश्वबिद्धालय हो र अभिभावकनै शिक्षक तथा गुरु हुन ।" आजका बालबालिका भोलिको असल र सक्षम नागरिक हुन भन्दै बालबालिका चंगा भएको र त्यस्को डोरी अभिभावकको हातमा भएकोले निकै चनाखो भएर चंगा उडाउनु पर्ने अन्यथा चंगा चैट हुनसक्ने बताउनुभयो । अभिमुखिकरणको क्रममा सकारात्मक वातावरणमा सकारात्मक बालबालिकाको निर्माण गर्न सकिन्छ भन्दै बालबालिकाको अगाडि झगडा कहिल्यै नगर्न सुझाव दिनुभयो ।"घर नै बिद्यालय हो, बालबालिका भगवान हुन, अभिभावक पुजारी हुन यदि पुजारी पुजारी बिच द्वन्द्व भयोभने भगवान अर्थात बालबालिका बिचलित हुन पुग्छन् उहाँले भन्नुभयो''।

    IMG-74831cec7052823ad3ed1a0be0cc3f46-V.jpg

    आज झन्डै ३६% बालबालिका डिप्रेसनबाट ग्रसित भएका छन् भन्दै बालबालिकालाई दबाबमा नभई स्वावलम्बी,स्वस्थ र स्वविवेकले काम गराउने बानी बिकास गराउनुपर्ने , समय परिस्थिती अनुसार २१औं सताब्दिको संभावित शिक्षाको खोजी, व्यवहारिक सिकाईको खोजी गर्ने सकारात्मक सोच भएको अभिभावक हुन प्रेरित गरिएको थियोे। बालबालिकालाई आनन्दित भएर सधैं अनुहारमा मुस्कान लिएर फुर्तीसाथ काम गर्ने र गराउने ।

    IMG-5e73c6ca34fc553e7fbc2e425b2dda51-V.jpg

    अभिभावक रीसले प्याच्च बोल्नु नै नकारात्मक कुराको पहिलो जड भएकोले सानो कुरामा पनि गम्भीर हुनुपर्ने बताउनुभयो। राम्रो कुरा बच्चाको अगाडि गर्ने तर सुधार्नुपर्ने कुरा एक्लै गोप्य भन्ने गर्नुपर्छ। हामी अन्य जुनसुकै काम गर्नपनि लाइसेन्स चाहिने तर भविस्यको असल नागरिक जन्माउन लाइसेन्स नचाहिने? प्रश्न गर्दै लाइसेन्स बिनाका अभिभावकले बिना योजनामा बच्चा जन्माउँदाको प्रभाव बच्चामा पर्छ र दुर्घटना हुन पुग्छ भन्नुभयो ।

    IMG-85a621958e644163a1bfd36e7f03572f-V.jpg

    कार्यक्रममा बोल्दै बालबालिकालाई असल बनाउन BASK (Behaviour, Attitude, Skillful and Knowledge) लाई ध्यान दिनुपर्छ । बच्चालाई पहिला सुरक्षा, त्यसपछि संस्कार र शिक्षा दिने हो भन्दै बच्चाहरुको चौतर्फी बिकास गर्नको लागी कथा कथन बिधि, रंग भर्ने, चित्र कोर्ने, खेल बिधिलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको अन्त्यमा स्कुलका संस्थापक प्रिन्सिपल शिवराम गिरीले भन्नुभयो "संस्कार सहितको असल नागरिक बनाउने उद्देश्य लिएर हामीले यो एकदिवसीय अभिमुखी कार्यक्रम हौं ।" उहाँले जीवन एउटा सिकाई भएको र २०६३ देखि सन्चालित हाम्रो बिधालयले आज झनै नयाँ कुरा थाहा पाएको बताउनुभयो ।

    IMG-09b338f9b8b4b7ac65470758de9a1310-V.jpg

    बिद्यालय, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध लाई यी र यस्ता कार्यक्रमले झनै घनिष्ठ बनाउनेछ भन्दै आजको बच्चाहरुमा चिट्चिटाहट रिसाहा अटेरीपन जस्ता कुराहरू देखिएकोले उनिहरुलाई दण्डले होइन मनोबैज्ञानिक तरिकाले फकाउनुपर्ने आवश्यकतालाई औंल्याउनुभयो। यदि आफ्ना बालबालिका असल बनाउन चाहनुहुन्छ भने बच्चाहरुको अगाडि शिक्षकको आलोचना कहिल्यै नगर्न सुझाव दिनुभयो । कार्यक्रममा अभिभावकको तर्फबाट राममाया थपलियाले आफ्नो धारणा राख्नुभएको थियो।

    IMG-df5fc2fc3ed00707a6bf92742efa017c-V.jpg

    IMG-dbcf91b8047a99b2287241573965687c-V.jpgFB_IMG_1692457492339.jpgFB_IMG_1692457544190.jpgFB_IMG_1692457532231.jpgFB_IMG_1692457540644.jpgFB_IMG_1692457529635.jpgFB_IMG_1692457537168.jpgFB_IMG_1692457558882.jpg

    images
    शनिवार, भाद्र २ २०८००८:१९:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार