Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ बर्नहार्ट स्कुल/कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत

काठमाडौ बर्नहार्ट स्कुल/कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत

  • 1.2K
    SHARES

  • काठमाडौ बर्नहार्ट स्कुल/कलेजद्वारा नयाँ विद्यार्थीलाई स्वागत

    भदौ, १२ काठमाडौ । काठमाडौ बर्नहार्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई भब्य स्वागत गरेको छ। काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा एक साँस्कृतिक कार्यक्रमका बिच विद्यार्थीहरुलाइ स्वागत कार्यक्रम गरेको हो।

    20230829_160801 (1).jpg

    कक्षा १२ का विद्यार्थीहरु आयोजक रहेको उक्त कार्यक्रममा कलेजका सस्थापक प्रिन्सिपल केबि महर्ज, कलेजका अध्यक्ष भुपेश छत्कुली, सल्लाहकार प्रोफेसर डाक्टर नारायण प्रसाद चापागाईं, प्रवन्ध निर्देशक नवराज अधिकारी, शैक्षिक निर्देशक प्रुसोत्तम बिष्ट, कलेजका प्रिन्सिपल अमृतबाबू भट्ट, बर्नहार्ट बाफल क्याम्पस चिफ सहदेब सिग्देल, प्रशासनिक प्रमुख रामचन्द्र थापा लगाएत बिभागिय प्रमुख, तथा शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम कक्षा १२ का रायन केसिको सभापतित्वमा सम्पन्न भयो। उक्त कार्यक्रममा कक्षा १२ कि रोजिना लामाले स्वागत छोटो मन्तव्य दिइन्।

    20230829_154136.jpg

    स्वागत कार्यक्रममा लामो समय भाषण गर्ने नभएर विद्यार्थीहरुको प्रतिभाहरु प्रस्फुटन गर्न विद्यार्थीहरुले भिन्नभिन्न सांस्कृतिक परम्परा अनुसारको गित, नृत्य, नाटक तथा प्रहसनहरु प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक रितिरिवाज झल्काउने किसिमका सांगीतिक प्रस्तुतिहरुले विद्यार्थीहरुमा छुट्टै रौनक छाएको थियो भने एक अर्काको अस्थित्व स्वीकार गर्नुपर्ने भन्ने भावना जागृत भएको थियो।

    20230829_153329.jpg

    प्राय जसो स्कुल कलेजहरुले लामो समय भाषणमा समय बिताउने गरेकोमा काठमाडौ बर्नहार्टले भने सम्पुर्ण समय विद्यार्थीहरुलाई नै प्रदान गरेको थियो। उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले आफै संचालन र समापन गरेका थिए । 

    20230829_152956.jpg

    स्वागत कार्यक्रममा स्कुलका प्रिन्सिपल अमृत बाबू भट्टले छोटोमा विद्यार्थीहरुलाई मन्तव्य दिभुभयो। करिब ३ मिनेट मात्रै बोलेका भट्टले ७७ वटै जिल्लाबाट पढ्न आउनुभएका विद्यार्थीहरुलाई देश बहुजाती, बहुभाषि र बहुसांस्कृतिक भएको भन्दै यसलाइ गर्व गर्नुपर्ने साथै एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले आजको युगका विद्यार्थीहरुले भविष्यमा देशको जिम्मा लिने तरिकाले ब्यबस्थापन र नेतृत्व बिकास गर्नुपर्ने समेत बताउनुभयो।

    देउडा नाच हेर्न यहाँ Click गर्नुस ।

    फोटोहरु

    20230829_152423.jpg20230829_150422.jpg20230829_145958.jpg20230829_145154.jpg20230829_144200.jpg20230829_144036.jpg20230829_142844.jpg

     

    images
    बुधवार, भाद्र १३ २०८०१०:१८:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार