आइतवार, भाद्र १७ २०८०
भदौ, १७ काठमाडौ । द राईजिङ नेपाल क्रियसन द्वारा आयोजित किड्स ग्ल्याम २०२३ को उपाधि द सननसाईन स्कुलले हात पारेको छ। बालबालिकाहरुको प्रतिभामुलक प्रतियोगितामा मिस्टर टिनको उपाधी द सनसाइन स्कुलका छात्र श्री रिदम तामाङले जितेका हुन्।

गत भदौ १४ गते राष्टिय नाचघर जमलमा आयोजित उक्त कार्यक्रममा बिभिन्न बिद्यालयका छात्र छात्राहरुले फरक फरक बिधामा सहभागी भएका थिए। कार्यक्रममा सास्कृतिक प्रस्तुतिहरु प्रदर्सन गरिएको थियो। कार्यक्रममा विजेतालाई प्लस टुसम्म अध्ययनका लागि एक लाखको छात्रवृत्तिसहित विभिन्न पुरस्कार गिफ्ट ह्याम्पर र ताज प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि द सनसाईन स्कुलका प्राचार्य श्री बाबुराम उपाध्याय गौतमले गर्नुभएको थियो।
स्रोत: द सनसाइन स्कुलका प्राचार्य हुनुहुन्छ ।