Oct 02 2026 | २०८३, आश्विन १६ गते

संघीय शिक्षा ऐन - २०८० संसदमा पेस गर्ने सरकारको निर्णय

संघीय शिक्षा ऐन - २०८० संसदमा पेस गर्ने सरकारको निर्णय

  • 921
    SHARES

  • संघीय शिक्षा ऐन - २०८० संसदमा पेस गर्ने सरकारको निर्णय

    भदौ, २२ काठमाडौँ । नेपाल सरकारले संघिय शिक्षा ऐन २०८० संसदमा पेश गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।

    संघिय शिक्षा ऐन सदनमा लैजाने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

    यसअघि मन्त्रिपरिषदले गत साउन १६ मा नै यो विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको थियो। तर, विभिन्न समुहको बिरोध पछि कसैले चलखेल गरेर विभिन्न व्यवस्थाहरु परिवर्तन गरेको दाबी गर्दै प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका थिए।

    करिब ५२ बर्ष अगाडि ल्याइएको शिक्षा ऐन, २०२८ (आठौँ संशोधन २०७३) ले विद्यमान शैक्षिक प्रणालीलाई पर्याप्त रूपमा समेट्न नसकेको र पुरानो भइसकेको भन्दै पटक–पटक नयाँ ऐन निर्माणको आवाज उठ्दै आएको थियो । 

     

    images
    शुक्रवार, भाद्र २२ २०८००७:५६:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार