Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रस्तावित बिद्यालय शिक्षा ऐनलाई एक शिक्षकको भावुक पत्र

प्रस्तावित बिद्यालय शिक्षा ऐनलाई एक शिक्षकको भावुक पत्र

  • 1.2K
    SHARES

  • प्रस्तावित बिद्यालय शिक्षा ऐनलाई एक शिक्षकको भावुक पत्र

    भदौ, ३१ काठमाडौ । प्रस्तावित बिद्यालय शिक्षा ऐन २०८० लाई एक शिक्षकले भाबुक पत्र लेखेका छन। शिक्षा ऐनलाई सम्बोधन गर्दै शिक्षकले उक्त पत्र लेखेका हुन।

    निकै लामो समयपछी विभिन्न आरोह अबरोह पार गर्दै आएको आएको तर तर तिमीले त्यहाँबाट आउँदा जे-जस्ता सामग्रीहरु लिएर आउनुपथ्र्यो, त्यस्ता हामीले अपेक्षा गरेका कुनै पनि सामग्री नलिइकन आउँदै छौ रे भ दै कक्षा गरेका छन। हामी (शिक्षक) लाई निकै सस्ता र प्रयोग गर्नै नसकिने म्याद गुज्रिएका कामै नलाग्ने एकदुइवटा सामान बाहेक केही नल्याई आउँदै छौ रे उनले पत्रमा लेखेका छन।

    शिक्षक लेख्छन, "तिम्रा साना साना बालबच्चाहरु तिमीले केही महत्वपूर्ण सामग्री लिएर आउँछौ भन्ने आशामा निकै हौसिएका थिए, तिम्रो अगाध मायासहित चाचानाना पाउने आशामा जे काम अर्हायो, त्यही खुरुखुरु पनि गरेका थिए । हिजोमात्रै तिम्रो साथीले ल्याएको खबर अनुसार तिमी त कामलाग्ने कुनै पनि वस्तु नल्याई रित्तै फर्कदै छौ रे ! यो खबर थाहा पाएदेखि यहाँको सिङ्गो परिवारले चिन्ता मात्रै गरेका छैनन्; तिमीप्रतिको विश्वास पनि क्रमशः घटाउँदै गएका छन् । यति लामो समय सहरमा बसेर बाबुले कमाएको पैसा नचाहिंदो काममा अनावश्यक खर्च गरी रित्तै फर्किएको भन्ने खबरले एक आपसमा कानेखुसी गर्दै कठोर आन्दोल गर्ने तयारी समेत गर्दैछन् ।"

    यस्तो छ पत्र !

    प्रिय शिक्षा ऐन !!!

    नमस्कार अनि मीठो सम्झना ।

    म यहाँ सन्चै छु ; त्यहाँ तिमी पनि सन्चै छौ होला भन्ने विश्वास लिएको छु । निकै लामो समयदेखि तिमी आउँदै छौ भन्ने खबरले हामी सम्पूर्ण परिवार निकै उत्साहित र खुशी थियौं । सबैलाई तिमी आउँदै छौ भन्दै खुशी पनि साट्दै थियौं । तिमीले विभिन्न आरोह-अवरोह पार गर्दै संसद बसपार्कमा टिकट पनि काट्यौ अरे ! तर तिमीले त्यहाँबाट आउँदा जे-जस्ता सामग्रीहरु लिएर आउनुपथ्र्यो, त्यस्ता हामीले अपेक्षा गरेका कुनै पनि सामग्री नलिइकन आउँदै छौ रे ! हामीलाई निकै सस्ता र प्रयोग गर्नै नसकिने म्याद गुज्रिएका कामै नलाग्ने एकदुइवटा सामान बाहेक केही नल्याई आउँदै छौ रे ! तिम्रा साना साना बालबच्चाहरु तिमीले केही महत्वपूर्ण सामग्री लिएर आउँछौ भन्ने आशामा निकै हौसिएका थिए, तिम्रो अगाध मायासहित चाचानाना पाउने आशामा जे काम अर्हायो, त्यही खुरुखुरु पनि गरेका थिए । हिजोमात्रै तिम्रो साथीले ल्याएको खबर अनुसार तिमी त कामलाग्ने कुनै पनि वस्तु नल्याई रित्तै फर्कदै छौ रे ! यो खबर थाहा पाएदेखि यहाँको सिङ्गो परिवारले चिन्ता मात्रै गरेका छैनन्; तिमीप्रतिको विश्वास पनि क्रमशः घटाउँदै गएका छन् । यति लामो समय सहरमा बसेर बाबुले कमाएको पैसा नचाहिंदो काममा अनावश्यक खर्च गरी रित्तै फर्किएको भन्ने खबरले एक आपसमा कानेखुसी गर्दै कठोर आन्दोल गर्ने तयारी समेत गर्दैछन् । घरको काम पनि केही नगर्ने भनेर आक्रोश व्यक्त गरिरहेका छन् । अब त छोराछोरीहरुले हामीले कत्ति सम्झाउँदा पनि पटक्कै नसुन्ने, बरु सम्झाउन खोज्दा उल्टै हामीमाथि नै आक्रामक ढंगले प्रस्तुत हुन खोज्दैछन् । प्रिय शिक्षा ऐन,

    समय निकै परिवर्तन भएको छ ,अहिलेका सन्तानहरुले देश विदेशका खबरहरु द्रुतगतिमा प्राप्त गर्दछन् । आवश्यकताका क्षेत्रहरु पनि क्रमशः थपिदै गएका छन्, त्यही भएर होला सन्तानहरुले अब तिम्रा हरेक कुरा विगतमा जस्तो गरी, पुराणका कथा सुनेझै सुनेर पत्याउने छैनन् । तिमीले आफ्ना कर्तुत लुकाउन प्रयत्न त पक्कै गर्नेछौ तर ती प्रयत्नहरु सबै विफल बन्नेछन् । तिम्रा करिब दुई दर्जन जति सन्तानहरुको गुनासो र बढ्दै गइरहेको अविश्वास र आक्रोशलाई तिमीले कसैगरे पनि थेग्न सक्ने छैनौ ।

    अन्त्यमा, तिम्रो सुखद आगमनको स्वागतमा रहेका सन्तानहरुको मनोभावनामा ठेस लाग्ने गरी तिमी नआउनु है ! यदि तिमीले पुनर्विचार नगरी रित्तै आयौ भने तिम्रा सन्तानहरुले अपमान भएको ठानी तिमीलाई नै अप्ठ्यारोमा पार्ने निश्चित छ । अझै पनि आशा छ, तिमीले आफ्ना सन्तानको लागि मन जित्ने सामग्री लिएर आउनेछौ ।

    उही तिम्रो शुभचिन्तक

    #साभार

     

    images
    आइतवार, भाद्र ३१ २०८००७:२२:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार