Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौ बर्नहार्टले गर्यो नि:शुल्क दन्त शिविर

काठमाडौ बर्नहार्टले गर्यो नि:शुल्क दन्त शिविर

  • 648
    SHARES

  • काठमाडौ बर्नहार्टले गर्यो नि:शुल्क दन्त शिविर

    असोज, २४ गते काठमाडौ । काठमाडौ बर्नहार्ट स्कुलले विद्यार्थीहरुको दाँत सम्बन्धी समस्या समाधान गर्न नि:शुल्क दन्त शिविर आयोजना गरेको छ। हिजो मंगलवार स्कुलले प्ले ग्रुप देखी कक्षा ७ सम्मका विद्यार्थीहरु लक्षित दन्त शिविर आयोजना गरेको हो।

    20231010_112716.jpg

    स्कुलले सतुंगलमा अवस्थित युनिभर्सल डेन्टल हस्पिटल संग सहकार्य गरेर दन्त शिविर गरेको थियो। दन्त शिविरबाट स्कुलका १५० जना विद्यार्थी र करिब ५० जना अभिभावकहरुले दाँत परिक्षण गरेको प्रिन्सिपल अमृत बाबू भट्टले बताउनुभयो।

    20231010_111802.jpg

    शिविरमा आएकामध्ये धेरैजसो बालबालिकाको दाँतमा किरा लाग्ने समस्या देखिएमा शिविरमै निःशुल्क दाँत सफा गरिएको र दाँतको सुरक्षा गर्न बालबालिकाहरुले अपनाउनु पर्ने सावधानी बारे सुझावहरु समेत दिइएको थियो।

    20231010_111655.jpg

     

    images
    बुधवार, आश्विन २४ २०८००६:४९:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार