Oct 11 2026 | २०८३, आश्विन २५ गते

बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल हत्या प्रकरणमा ६ जना पक्राउ ।

बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल हत्या प्रकरणमा ६ जना पक्राउ ।

  • 429
    SHARES

  • बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल हत्या प्रकरणमा ६ जना पक्राउ ।

    कार्तिक, १४ गते बारा- जिल्लाको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार ‘गुड्डु’ को हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जना पुरुष र एक जना महिला सहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना नेपाली र तीन जना भारतीय नागरिक रहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

    पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन। पक्राउ पर्नेहरुमध्ये एक जना महिला भने उनकै विद्यालयमा काम गर्ने पूर्व शिक्षिका समेत रहेको बताइएको छ।

    हिजो सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भाएका थिए। स्वर्णकार टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका र उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो। उनलाई दुई वटा मोटरसाइकलमा आएका आक्रमणकारीले पछ्याएर गोली प्रहार गरेका थिए।

     

    images
    मंगलवार, कार्तिक १४ २०८०१०:०३:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार