Jul 27 2026 | २०८३, श्रावण ११ गते

स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा माघ २० देखि

स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा माघ २० देखि

  • 673
    SHARES

  • स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा माघ २० देखि

    मंसिर, ३ गते काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० देखि सुरु गर्ने भएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएका हुन।

    उपाध्यक्ष झाका अनुसार एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदाको परीक्षा माघ २० गते सम्पन्न हुनेछ । साथै जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुने छ भने स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको परीक्षा मङ्सिर २२ गते हुने बताइएको छ ।

    डा. झाले आयोगले लिने प्रवेश परीक्षाका लागि मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्ने बताए ।

    FB_IMG_1700276384610.jpg

    images
    आइतवार, मंसिर ३ २०८००७:३५:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार