Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिप्लोमा/प्रमाणपत्र तह र प्रि– डिप्लोमा तहकोे नियमित/आंसिक परीक्षा केन्द्र निर्धारण

डिप्लोमा/प्रमाणपत्र तह र प्रि– डिप्लोमा तहकोे नियमित/आंसिक परीक्षा केन्द्र निर्धारण

  • 1.0K
    SHARES

  • डिप्लोमा/प्रमाणपत्र तह र प्रि– डिप्लोमा तहकोे नियमित/आंसिक परीक्षा केन्द्र निर्धारण

    मंसिर, १४ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले डिप्लोमा/प्रमाणपत्र तह र प्रि– डिप्लोमा तहको नियमित / आंशिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयको २०८० असोज २ गते र २५ गते प्रकाशित डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम भर्ने सूचना बमोजिम परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा सञ्चालित विभिन्न कार्यक्रमहरूको परीक्षा केन्द्र निर्धारण गरेको सूचनामा उल्लेख छ।

    साथै वार्षिक परीक्षा प्रणाली अन्तर्गतका प्रथम, दोस्रो र तेस्रो वर्ष तथा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरू कार्तिक १५ गते प्रकाशित परीक्षा तालिका बमोजिमका सम्पूर्ण परीक्षाहरू र असोज ८ गते प्रकाशित प्रि–डिप्लोमा तहको परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम प्रि– डिप्लोमा तहका १८ (१५+३) महिना अवधिका अटोमोबाइल र सर्भे इन्जिनियरिङ कार्यक्रमहरूको कार्तिक १६ गते प्रकाशित परीक्षा तालिका बमोजिम नियमित सैद्धान्तिक परीक्षाहरू मंसिर २१ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने जनाएको छ ।

    परीक्षा तालिका हेर्न https://itms.ctevt.org.np:5580/ क्लिक गर्नुस।

    FB_IMG_1701305248366.jpg

    images
    बिहिवार, मंसिर १४ २०८००८:१४:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार