मंगलवार, मंसिर १९ २०८०
मंसिर, १९ काठमाडौं । घरमै बसि बसि अनलाइन माध्यमबाट पठनपाठन हुने नेपाल खुला विश्वविद्यालयले स्नातकोत्तर तहको विभिन्न सङ्कायमा भर्ना खुला गरेको छ । विश्वविद्यालयले एक सूचना जारी गर्दै शैक्षिक वर्ष २०८० हिउँदे सत्रको पहिलो सेमेस्टरमा भर्ना खुला गरेको हो ।
खुला विश्वविद्यालयको सामाजिक शास्त्र तथा शिक्षा संकायको, विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको र व्यवस्थापन तथा कानून संकायको विषयहरूमा स्नातकोत्तर तहमा भर्ना खुला गरेको सुचनामा उल्लेख छ ।
इच्छुक विद्यार्थीले विश्ववविद्यालयको वेबसाइटमार्फत मंसिर ३० गतेसम्म फाराम भर्न सक्नेछन् । भर्ना हुनेले कम्प्युटरको आधारतूम सीप तथा ज्ञान प्राप्त गरेको र कक्षा सञ्चालन हुन प्रत्येक विषयमा न्यूनतम विद्यार्थी संख्या २० हुनुपर्ने विश्वविद्यालयले जनाएको छ । भर्ना बारे थप बुझ्न https://www.nou.edu.np/2023-11-30-1701334967 क्लिक गर्नुस ।
