Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटी सदस्य सचिवको लागि ३ जनाको नाम सिफारिस।

सिटिइभिटी सदस्य सचिवको लागि ३ जनाको नाम सिफारिस।

  • 797
    SHARES

  • सिटिइभिटी सदस्य सचिवको लागि ३ जनाको नाम सिफारिस।

    मंसिर, २५ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को सदस्य सचिव नियुक्तिको लागि ३ जनाको नाम सिफारिस भएको छ। २०८० असोज १६ गते प्रकाशित गरिएका आठ जना उम्मेदवारहरू मध्यबाट ३ जनाको नाम सिफारिस गरिएको हो।

    बिगत तीन महिना देखि सदस्य सचिवको पद खाली रहेको थियो। सिफारिस समितिले कार्ययोजना प्रस्तुत र अन्तर्वार्ता बाट तीनजना, जसमध्य महेस भट्टराई, टेक बहादुर मल्ल र बिनोद बडालको नाम सिफारीस गरिएको छनोट समितिका सदस्य तथा शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्रालयका सचिव सुरेस अधिकारीले बताउनुभयो।

    उहाँका अनुसार सदस्य सचिव तोक्नको लागी गठन गरिएको सिफारिस समितिले तिनै जनाको नाम आज शिक्षा मन्त्री असोक राइलाई बुझाइएको बताइएको छ। भने यसपछि बस्ने क्याबिनेटको बैठकले तीन जना मध्यबाट सदस्य सचीव नियुक्ति गर्ने छ।

    स्रोतका अनुसार भट्टराई र मल्ल वरिष्ठतमका आधारमा छनोट भएका हुन भने बडाल उत्कृष्ट कार्ययोजना प्रस्तुतीकरणबाट आएको बताइएको छ।

    सिफारिस भएका मध्य भट्टराई नेपाली कांग्रेस शेखर कोइराला निकट, टेकबहादुर मल्ल देउवा निकट र बडाल एमाले निकट हुन् भने तिनै जना स्वच्छ छाबिका समेत मानिन्छन।

    images
    सोमवार, मंसिर २५ २०८००३:३२:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार