Jul 27 2026 | २०८३, श्रावण ११ गते

भरतपुर महानगरले शिक्षकलाई आवासको लागि मासिक दुई हजार दिने

भरतपुर महानगरले शिक्षकलाई आवासको लागि मासिक दुई हजार दिने

  • 1.9K
    SHARES

  • भरतपुर महानगरले शिक्षकलाई आवासको लागि मासिक दुई हजार दिने

    मंसिर, २६ गते चितवन । भरतपुर महानगरले शिक्षकलाई आवासको लागि प्रोत्साहन स्वरुप मासिक रु. दुई हजार दिने भएको छ।

    महानगरपालिका बार्षिक नगर बिकास योजना २०८०/८१ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार वडा नं. २९ मा रहेका सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रोत्साहन स्वरुप आवास भत्ता बापत मासिक २ हजार उपलब्ध गराउने भएको हो।

    यद्यपि राजमार्ग संग जोडिएका बिद्यालयमा कार्यरत र वडावासी बाहेकले त्यो रकम पाउने सुचनामा उल्लेख छ। महानगरले यसका लागि रकम भुक्तानी गर्न शिक्षकको निवेदन, सम्बन्धित शिक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी, बसाइँसराइ भएको भए त्यसको प्रतिलिपी, शिक्षक नियुक्तिपत्रको प्रतिलिपी, बिद्यालय ब्यबस्थापन समितिको निर्णय प्रतिलिपी, माग फारम र बिद्यालयको सिफारिस सहित १५ दिन भित्र महाशाखामा पेस गर्नुपर्ने छ।

    साथै उक्त समय भित्र कागजात पेश नभए प्रोत्साहन रकम उपलब्ध नहुने बताइएको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1702391903390.jpg

     

    images
    मंगलवार, मंसिर २६ २०८००८:४३:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार