बिहिवार, पौष ५ २०८०
पुस ०५ गते काठमाडौ । केही वर्ष अगाडी एक वर्षे बिएड कार्यक्रम खारेज गरेको त्रिभुवन विश्वविद्यालयले उक्त कार्यक्रमको विकल्पमा अधिस्नातक तह PGD Education कार्यक्रममा भर्ना खुलाएको छ । बिश्वबिद्धालयले ३ सेमेस्टर पढाइ हुने गरी विभिन्न १४ वटा विषयमा PGD Education कार्यक्रममा भर्ना खुलाएको हो ।
शिक्षाशात्र संकाय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले उक्त कार्यक्रममा भर्ना हुन सक्नेछन् । त्रिविका विभिन्न १३ क्याम्पसमा भर्ना गरेर अध्ययन गर्न सकिने छ ।
शिक्षा शात्र संकाय डिन कार्यलयले जारी गरेको सूचना अनुसार यसकालागि इच्छुक विद्यार्थीहरुले २०८० पुस ६ गते देखि माघ ११ गते सम्म www.tufoe.edu.np मा गएर Entramce registration मार्फत आवेदन दिन सक्नेछन। साथै प्रवेश परिक्षा माघ १४ गते दिउँसो १:०० बजे हुने छ। त्यस्तै सोही माग २१ गते देखि कक्षा संचालन हुने छन।

