Oct 02 2026 | २०८३, आश्विन १६ गते

खुला विश्वविद्यालयबाट 'ल' पास विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गर : सर्वोच्च ।

खुला विश्वविद्यालयबाट 'ल' पास विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गर : सर्वोच्च ।

  • 763
    SHARES

  • खुला विश्वविद्यालयबाट 'ल' पास विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गर : सर्वोच्च ।

    पुस, ६ गते काठमाडौँ । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट ल पास गरेका विद्यार्थीहरुलाई अधिवक्ताको लाइसेन्स परीक्षामा समावेश गराउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले खुला विश्वविद्यालयबाट 'ल' पास गरेका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सामेल गराउन अन्तरिम आदेश जारी गरेको हो । 

    नेपाल खुला बिश्वबिद्धालय ऐन २०७३ बमिजिम स्थापित बिश्वबिद्धालयबाट सञ्चालित शैक्षिक कार्यक्रम बमोजिम उपादी प्राप्त ब्याक्तीहरुलाइ नेपाल कानुन व्यावसायी परिषद नियमावली २०७७ हुनुभन्दा अगाडि देखिनै कानुनको स्नातक तहसम्मको अध्ययन कार्यमा संङ्लग्न रहि उपादी हासिल गरेको ब्यक्तिहरुको हकहितमा प्रतिकुल असर पर्ने गरि नियममा अन्यथा सर्तहरू राखी अधिवक्ताको परिक्षामा सामेल हुनदिनबाट बञ्चित गर्नु मानसिव नदेखिएको आदेशमा उल्लेख गरिएको छ। साथै दरखास्त लिई विद्यार्थीहरुलाई समेत परीक्षामा भाग लिन दिनु भनी सर्वोच्चले नेपाल कानून व्यवसायी परिषदको नाममा आदेश दिएको छ । 

    यस्तो छ आदेस 

    FB_IMG_1703249584969.jpgFB_IMG_1703249586598.jpg

     

    images
    शुक्रवार, पौष ६ २०८००७:०९:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार