Oct 09 2026 | २०८३, आश्विन २३ गते

कोरियन भाषा परीक्षाको लागि आवेदन दिने म्याद दुई दिन थप

कोरियन भाषा परीक्षाको लागि आवेदन दिने म्याद दुई दिन थप

  • 446
    SHARES

  • कोरियन भाषा परीक्षाको लागि आवेदन दिने म्याद दुई दिन थप

    काठमाडौँ   । वैदेशिक रोजगार विभागले कोरियन भाषा परिक्षाको लागि आवेदन दिने म्याद दुई दिन थप गरेको छ। पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न दुई दिनको समय थपिएको हो।

    यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा अहिले दुई दिन थप गरी पुस २० सम्म पुर्‍याइएको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ ।

    गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी दुई जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।

     

    images
    बिहिवार, पौष १९ २०८००९:३७:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार