शनिवार, पौष २१ २०८०
पुस, २१ गते काठमाडौ । नेपाल खुला विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । विद्यार्थीका नाममा पुस १९ गते बिहानदेखि केही व्यक्तिले विश्वविद्यालयको केन्द्रीय कार्यालय, मानभवन ललितपुरमा उपकुलपति, कुलसचिव तथा डीनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
विश्वविद्यालयले त्यहाँका विद्यार्थी प्रतिनिधिसंग छलफल गर्दा विश्वविद्यालयका कुनैपनि विद्यार्थी समूहले तालाबन्दी नगरेको भन्दै विश्वविदालयले उक्त अवाञ्छित र अमर्यादित गतिविधि प्रति यस विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको तर्फबाट खेद व्यक्त गरेको छ । विश्वविद्यालयले हिजो एक विज्ञप्ति जारी गर्दै विद्यार्थीका नाममा स्वार्थ समूहले तालाबन्दी गरेको भन्दै खेद ब्यक्त गरेको हो।
विश्वविद्यालयले प्रकाशन गरेको विज्ञप्तिमा भने, ‘अनाधिकृत रुपले भएको अनैतिक, अवाञ्छित तथा विश्वविद्यालयको गरिमामा आँच पुऱ्याउने कार्य प्रति खेद प्रकट गर्दै नेपाल खुला विश्वविद्यालय सदैव आफ्नो उद्देश्यमा तल्लिन रहेको शिक्षाप्रेमी लगायत सम्पूर्णमा जानकारी गराउँदछ ।’ भनिएको छ । विश्वविद्यालयले कुनै विद्यार्थी संघसंगठन आधिकारिक नभएको जनाएको छ ।
यद्यपि विद्यार्थीहरुले भने संयुक्त विद्यार्थीका नाममा प्रकाशित विज्ञप्तिमा , ‘यस विश्वविद्यालयमा गैर कानुनी कार्य भएको र विश्वविद्यालय ऐन कानून बमोजिम कार्य नभएको हुँदा ताला लगाइएको हो ’ भनिएको छ ।
यस्तो छ बिश्वबिद्धालयले जारी गरेको बिज्ञपति !
