Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिक संस्थाहरुको पूर्वाधार निर्माण गर्न गुरुयोजना बनाएर एकद्वार प्रणालीबाट लगानी गर्नुपर्ने। - उपप्रमुख डंगोल

शैक्षिक संस्थाहरुको पूर्वाधार निर्माण गर्न गुरुयोजना बनाएर एकद्वार प्रणालीबाट लगानी गर्नुपर्ने। - उपप्रमुख डंगोल

  • 497
    SHARES

  • शैक्षिक संस्थाहरुको पूर्वाधार निर्माण गर्न गुरुयोजना बनाएर एकद्वार प्रणालीबाट लगानी गर्नुपर्ने। - उपप्रमुख डंगोल

    माघ ४, २०८० काठमाडौँ। काठमाडौ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले ‘विद्यालयको पूर्वाधार विकास गर्नु पूर्व गुरुयोजना बनाई एकद्वारबाट लगानी गर्नुपर्ने आवस्यकता रहेको बताएकी छिन।

    अनुगमन तथा मूल्याङ्कन समितिकी संयोजक समेत रहेकी उपप्रमुख डंगोलले ‘टुक्रा टुक्रामा गरिने निर्माण कार्यले विद्यालयका अधिकांश पूर्वाधार अधुरा देखिएकोले गुरुयोजना बनाई एकद्वारबाट लगानी गर्नुपर्ने आवस्यकता रहेको बताएकी हुन्।

    आज डिल्लीबजार कन्या माध्यमिक विद्यालयको अनुगमनका क्रममा डंगोलले भनिन्, "लगानी ठूलो देखिन्छ तर, लगानी अनुसारको भौतिक समृद्धि र सुविधा उपलब्ध भएको देखिँदैन । विद्यालयको ध्यान थालिएका पूर्वाधारको निर्मण सम्पन्नता तिरभन्दा अन्य योजना कहाँबाट ल्याउन सकिन्छ भन्नेमा देखियो ।’' अनुगमनका क्रममा निर्माणाधीन र निर्माण सम्पन्न भएका संरचनाहरु ( प्रदेश सरकारले निर्माण गरेको मन्टेश्वरी भवन, वडा कार्यालयले निर्माण गरिदिएको माथिल्लो तलाको ट्रस, सवलीकरण गरिएको पुरानो भवन, चमेना गृह, सीमा पर्खाल) हेरिएको थियो ।

    गएको आर्थिक बर्षमा गरिएका कामहरु पूरा नहुँदा संरचनाहरु प्रयोगमा आउन सकेका छैनन् । ट्रसका पिलर डण्डीमा प्लेट राखिएको छैन । छाना र पर्खाल तथा डण्डी आपसमा जोडिएका छैनन् । नयाँ एक तले भवनलाई थप तला कसले कहिले बनाउने एकिन छैन । सवलीकरण गरिएको पुरानो भवनको छतबाट पानी रसाउन छोडेको छैन । चेन गेट सर्दैन । अनुगमनका क्रममा देखिएका समस्या हुन् । 

    यसरी बनाइएका पूर्वाधारमा प्रदेश सरकारबाट प्राप्त ८५ लाख रुपैयाँमा मन्टेश्वरी भवन, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त १२ लाख रुपैयाँमा चमेना गृह, छत तलामा ट्रस राखेर आइटी ल्याब बनाउन, सुरक्षाका लागि सीमा पर्खाल लगाउन वडा कार्यालयबाट प्राप्त भएको ३५ लाख रुपैयाँबाट काम भएको हो । पुरानो भवन सवलीकरणका लागि ५ करोड रुपैयाँ खर्च भएको छ । यसपछि मैदानलाई बालमैत्री बनाउनेलगायतका काम बाँकी छन् ।  त्यस्तै विद्यालयले आन्तरिक आम्दानी पनि गरेको छ । परिसरमा बनाएका सटरबाट भाडामा लगाएको छ । 

    विद्यालयको यो अवस्था बुझिसकेपछि उपप्रमुख डंगोलले, विद्यालयको आन्तरिक आम्दानी र खर्चको विवरण बुझाउन निर्देशन दिनुभएको छ । 

    विषयगत अनुगमन टोली गठन 

    अनुगमन तथा मूल्याङ्कन समितिप्रति उत्तरदायी हुने गरी ३ वटा विषयगत अनुगमन टोली गठन गरिएको छ । उपप्रमुख एवं समितिकी संयोजक डंगोलको अध्यक्षतामा आज नै बसेको बैठक टोली गठन गरेको हो । 

    Screenshot_20240118-212030_Facebook.jpg

    यसरी गठन गरिएका टोलीमा सहरी योजना आयोगका विज्ञ सदस्य डा. सुरज काफ्लेको संयोजकत्वमा सुशासन तथा सामाजिक विकास, आयोगका विज्ञ सदस्य इञ्जिनियर सरस्वती मानन्धरको संयोजकत्वमा विपद व्यवस्थापन तथा वातावरण, आयोगका विज्ञ सदस्य इञ्जिनियर बाबुराम भट्टराईको संयोजकत्वमा सम्पदा तथा भौतिक पूर्वाधार अनुगमन टोली गठन गरिएको हो । हरेक टोलीमा क्षेत्रगत ५ जना सदस्य हुनुहुन्छ । काठमाडौ महानगरपालिका

     

    images
    शुक्रवार, माघ ५ २०८००६:२१:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार