Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल मोडेल स्कुलले गर्यो नि:शुल्क दन्त शिविर ।

नेशनल मोडेल स्कुलले गर्यो नि:शुल्क दन्त शिविर ।

  • 1.3K
    SHARES

  • नेशनल मोडेल स्कुलले गर्यो नि:शुल्क दन्त शिविर ।

    माघ, १० काठमाडौ । काठमाडौको महानगरपालिका अन्तर्गत बालाजु नम्बर १६ नेपालटारमा अवस्थित नेशनल मोडेल स्कुलले नि:शुल्क दन्त शिविर आयोजना गरेको छ। नेशनल मोडेल स्कुल र कान्तिपुर डेन्टल अस्पतालको सहकार्यमा दन्त शिविर आयोजना गरेको हो।

    20210416173820_IMG_1320.JPG

    दन्त शिविरबाट स्कुलमा अध्ययनरत करिब ९५० विद्यार्थीहरुले नि:शुल्क दन्त एबं स्वास्थ्य परिक्षण गरेका छन। दन्त शिविर नेशनल मोडेल स्कुलको प्राङ्गणमा भएको थियो।

    20210416174829_IMG_1335.JPG

    बालबालिकाहरुको स्वास्थ्य अवस्थाको ख्याल गर्दै स्कुलले कान्तिपुर डेन्टल हस्पिटलसंग सहकार्य गरेर नि:शुल्क दन्त शिविर आयोजना गरेको स्कुलका प्राचार्य डिएन अधिकारीले बताउनुभयो । साथै स्कुलले आगामी दिनमा विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गरेर नि:शुल्क स्वास्थ्य शिविर समेत गर्ने उहाँले बताउनुभयो। स्वास्थ्य शिविर बिहान १० बजे देखि ४ बजे सम्म संचालन भएको थियो।

    20210416173903_IMG_1324.JPG

    काठमाडौको उत्तरी बेल्टकै चर्चित स्कुल मानिदै आएको छ। उक्त स्कुलमा करिब हजार भन्दा बढी विद्यार्थीहरु रहेका छन। बिद्यालयले पढाइ संगसंगै विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक लगाएत समग्र बिकासको लागि खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरुलाई समेत बिशेष जोड दिने गरेको छ। बिद्यालय विद्यार्थीहरुको लागि मात्रै नभै शिक्षकहरुको भलिबल प्रतियोगिता, शिक्षक कार्यशाला, तथा गोष्टि को आयोजना गर्दै आएको छ।

    20210416175149_IMG_1340.JPG

    बालबालिका मैत्री शिक्षण सिकाइ क्रियाकलापलाई बिशेष ध्यान दिदै आएको काठमाडौ नेशनल मोडेल स्कुलले यसै बर्ष देखि कक्षा ११ को पठनपाठन समेत शुरु गर्दै छ।

    FB_IMG_1706081054743.jpgFB_IMG_1706081057707.jpg20210416175544_IMG_1353.JPG20210416175220_IMG_1342.JPG20210416171837_IMG_1311.JPG

    images
    बुधवार, माघ १० २०८००७:२३:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार