Jul 27 2026 | २०८३, श्रावण ११ गते

कानुन पढाउने कलेज नै गैरकानुनी

कानुन पढाउने कलेज नै गैरकानुनी

  • 758
    SHARES

  • कानुन पढाउने कलेज नै गैरकानुनी

    माघ, १२ काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँको बिजुली बजारस्थित रहेको 'चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ ल' ले गैरकानुनी तरिकाले बिश्वबिद्यालयले तोकेको कोटा भन्दा धेरै विद्यार्थी भर्ना गर्ने गरेको छ।

    पूर्वाञ्चल विश्वविद्यालयबाट १०० जना विद्यार्थी पढाउने कोटा पाए पनि यस कलेजले गैरकानुनी तरिकाले २८८ जना विद्यार्थी भर्ना गरेको हो।

    यही मिति २०८० माघ १५ गतेबाट सञ्चालन हुने वार्षिक परीक्षाको विद्यार्थीले अहिलेसम्म रेजिस्ट्रेसन प्राप्त गरेका छैनन् । परीक्षाको टुङ्गो नभएपछि विद्यार्थीहरू मानसिक तनावमा छन् ।

    यस कलेजको गैरकानुनी कार्यविरुद्ध विगत लामो समयदेखि विद्यार्थीहरू आन्दोलनरत छन् ।

    यसअघि कलेजको स्वामित्व बिबादमा बुबा छोराको लडाइ छोराले बुबालाई मरणासन्न हुनेगरि कुटपिट गरेको घटना सार्वजनिक भएको थियो।

    परिवारका ६ जना सदस्यमध्ये चार जना एकातिर र दुई जना अर्कोतिर हुँदा कलेज सञ्चालक समितिमा आ–आफ्नो पक्ष आधिकारिक रहेको दाबी कलेजका नाममा छुट्टाछुट्टै खोलिएका फोसबुकमार्फत हुँदै आएको छ।

    विवादमा संस्थापक अध्यक्ष एवं हालका कलेज क्याम्पस प्रमुख देवेन्द्र भण्डारी र निरमाया भण्डारी एकतातिर छन् भने श्रीमती नरमाया, छोरा निरज भण्डारी, छोरीहरु अल्पना र स्वता भण्डारी अर्कोतिर छन्।

    कलेजमा देवेन्द्रको दुई लाखा कित्ता र निरमायाको ५० हजार गरी साढे दुई लाख कित्ता छ। अर्को पक्षमा रहेको चार जनाको ६२ हजार पाँच सय थान गरी दुई लाख ५० हजार कित्ता नै शेयर रहेको छ। देवेन्द्र र छोरा निरज दुवैले आफूलाई कलजेको अध्यक्ष भएको दाबी गर्दै आएका छन्।

    बाउ पक्षले छोरा निरजले कलेजको पैसा ठगी गरेको आरोप लगाउँदै उनीसँग कुनै पनि कारोबार नगर्न सार्वजनिक रुपमा आह्वान गरेको छ। निरजले एकेडेमीको म्यानेजिङ्ग डाइरेक्टरको पदमा रहँदा सहकारीसँग मिलेर रकम हिनामानी गरेको आरोप लगाइएको थियो।

    यता छोरा निरजे भने बाबुलाई चार वर्षदेखि कलेज गैरकानुनी रुपमा सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

    उनले लेखेका छन, ‘देवेन्द्र भण्डारी ज्यूले विगत ४ वर्षदेखि गैरकानूनी ढंगले कलेज चलाइरहेको गैरकानूनी काम गरी कलेजमा नयाँ शेयरधनी सञ्चालकमाथि प्रवेशमा रोक लगाउन २०/२५ जना बाउन्सर राखेको भन्दै देवेन्द्र भण्डारी ज्यूकै गैरकानूनी क्रियाकलापले गर्दा ऐले कलेज बन्द हुने अवस्था मा पुगेको बताएका छन।

     

    images
    शुक्रवार, माघ १२ २०८००८:३१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार