Jul 27 2026 | २०८३, श्रावण ११ गते

कृषि विश्वविद्यालयमा अव कृषि इञ्जिनियरिङ

कृषि विश्वविद्यालयमा अव कृषि इञ्जिनियरिङ

  • 589
    SHARES

  • कृषि विश्वविद्यालयमा अव कृषि इञ्जिनियरिङ

    माघ, २० भरतपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आगामी शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यो आगामी शैक्षिक सत्रबाट कृषि इञ्जिनियरिङ थप हुने भएको हो।

    कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयको हालै सम्पन्न १२औँ साधारण बैठकले आउँदो शैक्षिक सत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको थियो।

    कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार विश्वविद्यालयले ४८ जना विद्यार्थी सिट क्षमता भएको कलेज सञ्चालन गर्ने बताए। ‘केन्द्रीय क्याम्पसमा ४८ जनालाई कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ , डिन श्रेष्ठले भने, ‘विश्वविद्यालयको सुरुको वर्ष २४ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने जनशक्ति तथा पूर्वाधार सहितको क्याम्पस सञ्चालन गरिने छ ।’

    डिन श्रेष्ठका अनुसार भारतलगायत अन्य देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको मा कृषि तथा बन बिज्ञान बिश्वबिद्धालयले समेत पढाउमे निर्णय गरेको बताए।

    यो बिषयको पढाइ हाल धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै हुँदै आएको छ ।

    यो विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले बताए । उनले भने, ‘देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्त्वपूर्ण हुनेछ ।’

    सम्बन्धित विषयको एकीकृतरुपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयले यो कार्यक्रम सुरु गर्न लागेको उनले बताए ।

     

    images
    शनिवार, माघ २० २०८००७:२२:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार