बुधवार, माघ २४ २०८०
माघ, २४ काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्राहरुलाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत डिप्लोमा इन फार्मेसी कार्यक्रममा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ।
परिषदको प्राबिधिक महाशाखाको मिति माघ १७ गतेको पत्रानुसार नेपाल सरकारको आर्थिक बर्ष २०८०/८१ को नजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुने गरि दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्रहरुबाट निर्धारित ४०० कोटा मध्य खाली रहेका ७१ कोटामा नि:शुल्क प्राविधिक शिक्षा अध्ययनका लागि आवेदन माग गरेको हो।
इच्चुक छात्रचात्राहरुले माघ २५ गते देखि फागुन१६ गतेसम्म सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयको वेबसाईट www.ctevtexam.org.np बाट डाउनलोड गरि आवेदन भर्न सक्नेछन भने परीक्षा ७ वटै प्रदेश कार्यलयमा हुने सुचनाम उल्लेख छ।

