आइतवार, फाल्गुण ६ २०८०
माघ, ६ गते काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त प्रक्रिया स्थगन गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले हाललाई दरखास्त सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हो।
समितिले २५ माघ २०८० मा उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयको तुलनामा मापदण्ड कडा बनाइएको भन्दै सुदूरपश्चिम र मध्यपश्चिम बिश्वबिद्धालयको प्राध्यापक सङ्घले प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिमा उजुरी दिएको थियो ।
फरक फरक विश्वविद्यालयको हकमा फरक फरक खालको मापदण्ड तय गरिएको भन्दै विरोध भएपछि समितिले तत्काललाई दरखास्त प्रक्रिया स्थगित गरेको सूचनामा उल्लेख छ ।
