Jul 27 2026 | २०८३, श्रावण ११ गते

बैरागी काइँलाका प्रारम्भिक रचनाहरु पुस्तक बिमोचन

बैरागी काइँलाका प्रारम्भिक रचनाहरु पुस्तक बिमोचन

  • 1.1K
    SHARES

  • बैरागी काइँलाका प्रारम्भिक रचनाहरु पुस्तक बिमोचन

    फागुन, ८ गते काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व कवि बैरागी काइँलाले साहित्यमा कलम चलाउन थालेको सुरुका दिनमा छापिएका सिर्जना सङ्कलन गरी तयार पारिएको ‘बैरागी काइँलाका प्रारम्भिक  रचनाहरू’ पुस्तकको विमोचन गरिएको छ।

    20210512200139_IMG_5784.JPG

    सोमबार काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा लेखक डा. देवी क्षेत्री दुलालद्वारा लिखित ‘वैरागी काइँलाका प्रारम्भिक रचनाहरु’ नामक पुस्तक बिमोचन गरिएको हो। 

    उक्त पुस्तकका सम्पादक डा. देवी क्षेत्री दुलालले बैरागी काइँलाका विसं २०२१ देखि २०२३ सम्म करिब दुई वर्षका विभिन्न पत्रपत्रिकामा छापिएका कविता, निबन्ध, मुक्तक र कथा सङ्कलन गरी प्रकाशन गरिएको बताउनुभयो । 

    20210512202728_IMG_5854.JPG

    कवि बैरागी काइँला देश बिदेशमा सबैले चिनेपनी कवि हुनुभन्दा पहिला बैरागी काइँला दार्शनिक निवन्धकार हुनुहुन्छ भन्दै त्यो उमेरमा उहाँले काल निबन्ध लेखेको बताउनुभयो। साथै किशोर उमेरमा उहाँले लेखेको निबन्धहरुमा दर्शनका कुराहरु संसारलाई हेर्ने दृस्ठिकोण कुरा र संसारको बाताबरणलाई कसरी बुझ्ने र लेख्ने भन्नेकुराले त्यो उमेरको अध्ययनको क्षितिजलाई प्रष्ट बुझ्न सकिने सम्पादक क्षेत्रीले बताउनुभयो।

    बिमोचन कार्यक्रममा पुस्तकमाथी विवेचना गर्दै साहित्यकार तथा समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्य भण्डारलाई सम्पन्न बनाउन सर्जक काइँलाको ठुलो योगदान रहेको बताउनुभयो । उहाँ दार्जिलिङमा हुँदादेखिनै नेपाली कविताको यात्रामा बिल्कुलै नयाँ पहिचान देखा परेको समालोचक त्रिपाठिले बताउनुभयो। नेपाली शाहित्यमा लक्ष्मीप्रसाद देवकोटा स्वच्चन्दतावादी युगको अन्त्यसंगै, सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौड्याल र माधव प्रसाद घिमिरेपछी नेपालो साहित्यमा एउटा अद्भुत हलचल र नविनतम धारा बैरागी काइँलाले ल्याएको बताउनुभयो।

    20210512202441_IMG_5842.JPG

    पुस्तक विवेचना कार्यक्रममा समालोचक प्रा.डा. कुमार कोइरालाले कवि बैरागी काइँला र मोहन कोइरालाले कवितामा प्रयोगवादी धारका कविता लेखेको चर्चा गर्दै कविका प्रारम्भिक रचनाहरू हास्यव्यङ्ग्य, नारीवाद, सामाजिक विकृति र विज्ञानमा आधारित भाव दिने सिर्जनाहरू पुस्तकमा सङ्कलन गरिएको बताउनुभयो । 

    20210512203542_IMG_5857.JPG

    उहाँले बैरागी काइँलाका थुप्रै कृति प्रकाशन भए पनि सिर्जनाकर्मको सुरुवातका दिनमा लेखिएका र पुस्तकका रूपमा नछापिएका कविता, कथा, मुक्तक पनि सो पुस्तकमार्फत पढ्ने अवसर पाएको बताउनुभयो । प्राडा कोइरालाले कविका पछिल्ला सिर्जना, लिम्बू भाषाका धार्मिक पुस्तकलगायत कविता लेखिए पनि उहाँको हास्यव्यङ्ग्य भावका सिर्जना भने नआएको बताउनुभयो । 

    नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले मूर्धन्य कवि बैरागी काइँलाको सम्मानमा प्रतिष्ठानका तर्फबाट सहकार्य गर्न पाएकोमाखुसी व्यक्त गर्नुभयो । त्यसै गरी सर्जक प्राडा मधुसूदन गिरीले कवि बैरागी काइँलाको साहित्यिक धारको चर्चा गर्दै आगामी दिनमा थप कृति नेपाली साहित्य फाँटमा आउने विश्वास व्यक्त गर्नुभयो ।   

    20210512212118_IMG_5868.JPG

    पाँचथर श्रष्टा मञ्च र नेपाल प्रज्ञा- प्रतिस्ठानद्वारा आयोजित पुस्तक बिमोचन कार्यक्रममा कवि बैरागी काइँला (तिलविक्रम नेम्वाङ)लाई अभिनन्दन समेत गरिएको थियो।

    पुस्तक विमोचन कार्यक्रममा पाँचथर श्रष्टा मञ्चका अध्यक्ष रमेश शुभेच्छुको सभापतित्वमा प्रमुख अतिथी साहित्यकार तथा समालोचक प्रा.डा. बासुवेव त्रिपाठी डा. कुमार कोइराला, नेपाल प्रज्ञा- प्रतिस्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, डा. मधुसूदन गिरि, लगाएत बौद्धिक व्यक्तित्व, साहित्यकार तथा समालोचकहरुको उपस्थिति रहेकोथियो। उक्त कार्यक्रम साहित्यकार तथा पाँचथर श्रष्टा मञ्चका सचिव हरि प्रसाद काफ्लेले संचालन गर्नुभयो । साथै पाँचथर श्रष्टा मञ्चका उपाध्यक्ष स्वप्निल स्मृतिले स्वागत मन्तव्य दिनुभयो । उक्त पुस्तक ब्रोदर्स बुक्स पब्लिकेशनले पुस्तक छापेको छ।

    बैरागी काइलाको छोटो परिचय ।

    20210512202434_IMG_5841.JPG

    वैरागी काइँलाको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा वि‍. सं १९९६ साउन २५ गतेका दिन भएको थियो। उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। वैरागी काइँला आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन्। यसका अतिरिक्त वैरागी काइँला ‘मन्थन साहित्य संस्था’ ‘शताब्दी काठमाडौँ’ जस्ता संस्थाका सल्लाहकार रहेका थिए भने वि. सं. २०४७ मा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान)का सदस्य भएका थिए।

    थोरै कविता लेखेर धेरै चर्चित, अर्थित र गर्वित प्राज्ञमा दरिने 'बैरागी काँइलाको वास्तविक नाम तीलबिक्रम नेम्बाङ हो। दुरुह र विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विलाश गर्ने कवि काइँला बि. सं. २०६२-६३ को जनआन्दोलनका सक्रिय सहभागी हुन्। वि. सं. २०६६ देखि २०७० सम्म उनी प्रज्ञा-प्रतिष्ठान का कुलपतिका रूपमा कार्यरत् थिए। काँइलाले हालसालै ‘रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार’ प्राप्त गरेका छन्। किरात लिम्बु जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँचदशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृति प्रकाशितका स्रष्टा काइँलालाई पहिलो पटक यो पुरस्कार दिइएको हो। 

    उनलाई वि. सं. २०७५ को जगदम्बा श्री पुरस्कारका लागि छनोट गरिएको छ। मदन पुरस्कार गुठीद्वारा दिइने उक्त पुरस्कारको राशि चार लाख रूपैँया रहेको छ। उनलाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत कदरस्वरुप बि. सं. २०७५ को जगदम्बा–श्री दिइएको गुठीले जनाएको छ। #विकिपिडियाबाट

    images
    मंगलवार, फाल्गुण ८ २०८००६:५६:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार