बुधवार, फाल्गुण ९ २०८०
फागुन, ९ गते झापा। बाल सुबोधिनी माध्यमिक बिद्यालयका विद्यार्थीले सुर्तीजन्य पदार्थ विरुद्ध सचेतना र्याली गरेका छन। आज विद्यालयको बाल क्लबको आयोजनामा सुर्तीजन्य पदार्थ विरुद्ध सचेतना र्याली गरेको हो।

विद्यालयबाट सुरु भएको र्याली मेचीनगर न.पा. १४ न. वडा कार्यलयमा पुगेर वडा अध्यक्ष बाबुलाल सुब्बालाई बाल क्लबका अध्यक्ष अनिल खड्काले विद्यालयको सय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । साथै ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष सुब्बाले यस कार्यमा वडा कार्यलय लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

विद्यार्थीहरुले र्यालीका क्रममा विद्यालय आसपास पसल गर्नु हुने व्यवसायीहरुलाई सुर्तीजन्य पदार्थ बिक्रिवितरण नगरीदिन अनुरोध समेत गरेका थिए।
यसअघि र्यालीका लागि प्लेकार्डमा लेख्ने नारा तय गर्न आयोजना गरिएको नारा लेखन प्रतियोगितामा प्रथम हुने बिनिता पौडेल कक्षा -८ दोश्रो हुने रिकेस भट्टराई कक्षा -१० र तृतीय हुने अनमोल सेढाई कक्षा -९ लाई पुरस्कृत गरिएको थियो ।