शुक्रवार, फाल्गुण १८ २०८०
फागुन, १८ गते काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले शिक्षकमा दरखास्त आह्वान गरेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि दर्खास्त आह्वान गरेको हो ।
नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्नेगरी शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्तिका लागि आवेदन मागिएको सूचनामा उल्लेख छ।
आवेदनहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।
यस्तो छ बिज्ञापन ।
