शुक्रवार, फाल्गुण १८ २०८०
फागुन, १८ काठमाडौ । एभरेस्ट इनोभेटिभ कलेज (ईआइसी)ले त्रिभुवन बिश्वबिद्यालय भरि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मानित गरेको छ। शुक्रवार स्पोर्ट्स अवार्ड बितरण कार्यक्रमको अवसरमा गरिएको भब्य कार्यक्रमका बिच EIC मै अध्ययन गरेर TU Top गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको हो।

अवार्ड कार्यक्रममा BCA सातौ सेमेस्टर 2018 मा त्रिवि टपर लिजा तुलाधर (3.88GPA) र सेकेन्ड टपर समिक्षा सुवेदी (3.82 GPA) तथा सेकेन्ड टपर अपेक्षा काफ्ले (3.82 GPA) लाई सम्मान तथा पुरस्कृत गरेको छ।


त्यस्तै त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत BCA पहिलो सेमेस्टर २०२२मा पाँचौ स्थान ल्याउने निराज गमाल (3.77GPA) र BASW पहिलो सेमेस्टर 2022 मा दशै स्थान ल्याउने सजना श्रेष्ठ (3.77 GPA)लाई सम्मान तथा पुरस्कृत गरेको छ। साथै कलेजले कलेज भरिमै उत्कृष्ट नतिजा ज्याउने विद्यार्थीहरुलाइ समेत सम्मान तथा पुरस्कृत गरेको छ।


अवार्ड बितरण कार्यक्रममा गत पुसमा भएको स्पोर्ट्स मिट-२०८०मा उत्कृष्ट खेल प्रदर्सन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हातपार्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ। साथै साथै बास्केटबल, भलिबल, फुटसल, क्रीकेटमा Best Player अवार्ड समेत बितरण गरेको हो।

विद्यार्थी सम्मान तथा पुरस्कार बितरण कार्यक्रम कलेजका अध्यक्ष शंकर दुलालको सभापतित्वमा प्रमुख अतिथी अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, बिशेष अतिथी समाजसेवी सुमन सायामी, कलेजका CEO हरिप्रसाद काफ्ले, प्रशासनिक प्रमुख गोपाल पौडेल, प्रिन्सिपल दिपक कुमार झा, बिश्वबिद्धालय कार्यक्रम कोर्डिनेटर किशोर काफ्ले, ब्यबस्थापन कोर्डिनेटर गोपालप्रसाद दुलाल, बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर मनोज श्रेष्ठ, एभरेस्ट इनोभेटिभ स्कुलका प्राचार्य केबि चित्रकार लगाएत बिभागिय प्रमुख, शिक्षक, तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बैकुण्ठ मानन्धरले आज भन्दा ४८ बर्ष अगाडि अमेरिकामा खेल्नको लागि गएको कुरा सम्झिदै हिजो जस्तो पढाइ मात्रै होइन आजको युगमा खेलेर समेत देशलाई र आफुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभयो। उहाँले आफू अमेरिका खेल्न जाँदा अब बैकुण्ठ नेपाल फर्किदैन भन्ने चर्चा चलेको तर आफू जहिले देशको लागि खेल्ने प्रण गरेको भन्दै आजको विद्यार्थीहरु समेत आफ्नै देशमा बसेर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभयो।

कार्यक्रममा समाजसेवी सुमन सायामिले ईआइसिले त्रिभुवन बिश्वबिद्यालयभरी उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई दिदै कलेजले गरेको शैक्षिक प्रगतिको प्रसंसा गर्नुभयो। बिदेश जाने सोच त्यागौ , देशको प्रधानमन्त्री बन्ने सोच राखौ। उहाँले भन्नुभयो, ''बिदेशमा गएका विद्यार्थीहरु नेपाल फर्किनुपर्छ, बिदेशमा दोस्रो दर्जाको नागरिक हुनु भनेको दास हुनु हो ।"

एभरेस्ट इनोभेटिभ कलेजका कार्यकारी निर्देशक हरिप्रसाद काफ्लेले विद्यार्थीहरुको लगनशीलताले उत्कृष्ट नतिजा हासिल गरेको बताउनुभयो। पढाइ र खेल एक अर्काको परिपुरक हो। "पढ्ने विद्यार्थी खेलमा पनि उत्कृष्ट र खेल्ने विद्यार्थीहरु पढाइमापनि उत्कृष्ट भएकोले अब खेल्ने विद्यार्थी लास्ट ब्यान्चर हुने भन्नेकुरा ईआइसिले झुटो साबित गरेको CEO काफ्लेले बताउनुभयो ।

कार्यक्रममा प्रशासनिक प्रमुख गोपालप्रसाद पौडेलले विद्यार्थीहरुले हरेक क्षेत्रमा अनुशासन पालना गर्नुपर्ने बताउनुभयो। बिकास, अनुशासन र गतिशीलता तीन मुख्यकुरा बिर्सन नहुने भन्दै अनुशासित खेलको माध्यमबाट बौद्धिक बिकास गर्ने र बौद्धिक बिकासले ल्याउने गतिशीलता विद्यार्थी जिवनमा सबैभन्दा महत्वपूर्ण हुने धारणा ब्यक्त गर्नुभयो।

अवार्ड बितरण कार्यक्रमको अन्त्यमा ईआइसी नेटवर्कका अध्यक्ष गोपाल दुलालले त्रिभुवन बिश्वबिद्यालयको नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाई दिनुभयो।साथौ उहाले खेलकुदको माध्यमबाट आफ्नो उत्कृष्ट खेल देखाएर प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई बधाई दिदै पोजिसनमा नआएका विद्यार्थीहरुलाइ सिक्ने अवसर प्रदान भएको भन्दै आगामी दिनहरुमा बिजयकोलागी शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा बिज्ञान कोर्डिनेटर सुदर्शन श्रेष्ठले पढाइ र खेलमामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिनुभयो। कार्यक्रममा मेनेजमेन्ट कोर्डिनेटर गोपालप्रसाद दुलालले स्वागत मन्तव्य दिनुभयो। उक्त कार्यक्रम विश्वविद्यालय कार्यक्रम कोर्डिनेटर किशोर काफ्लेले संचालन गर्नुभयो।













