मंगलवार, फाल्गुण २२ २०८०
फागुन, २२ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको परीक्षा आवेदन फारम खुला गरेको छ। डिप्लोमा तह प्रथम बर्ष प्रथम खण्ड र दोस्रो बर्ष प्रथम खण्डका कार्यक्रमहरूको चैत/ बैशाखमा महिनामा संचालित हुने परिक्षाको लागी परिक्षा आवेदन फारम खुला गरेको हो।
परिषदका आंगिक, साझेदारी, सामुदायिक बिद्यालय र निजि स्तरमा चलेका शिक्षण संस्थाहरुमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ कार्यक्रमहरु, फूड एन्ड डेरि टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेमरसिप डेभलपमेन्ट र कृषि (बाली बिज्ञान तथा पशु बिज्ञान) प्रथम बर्ष प्रथम खण्ड र दोस्रो बर्ष प्रथम खण्डको नियमित/आंसिक परीक्षाको परीक्षा आवेदन फारम खुलेको हो।
परिक्षार्थिहरुले मिति २०८० चैत ६ गते सम्म नियमित र सोही चैत १३ गतेसम्म बिलम्ब शुल्कमा आवेदन फारम बुझाउने सक्ने सुचनामा उल्लेख छ।
प्राबिधिक शिक्षामा बिशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, र बिपन्न) अन्तर्गत इप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (सोसलाइजेसन इन हाइड्रोपावर), अटोमोबाइल इन्जिनियरुङ, जियोमेअतिक्स इन्जिनियरिङ, इलेक्टि्रकल इन्जिनियरिङ, रेफ्रीजेरेसन एन्ड एयरकन्फिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फूड एन्ड डेरि टेक्नोलोजी, होटेल मेनेजमेन्ट, इन्टरप्रेमरसिप डेभलपमेन्ट र कृषि (बाली बिज्ञान तथा पशु बिज्ञान) कार्यक्रमहरुको प्रथम बर्ष प्रथम खण्ड र दोस्रो बर्ष प्रथम खण्डको नियमित/ आंसिक परिक्षाको परीक्षा समेत सोही समयमा संचालन हुने भएकोले उल्लेखित समयमा फरिक्षा फारम भर्न सुचित गरेको छ।
