मंगलवार, फाल्गुण २९ २०८०
फागुन, २८ गते । कपिलवस्तुको लुम्विनिमा सम्पन्न दोस्रो गौतमबुध्द अन्तरास्ट्रिय ओपन कराते च्याम्पियनसिपको उपाधि काठमाडौं विजेश्वरि १५ स्थित द सनसाईन स्कुलका छात्र लिलिजङ थापा मगरले हाता पारेका छन्।
फाल्गुन २५ र २६ गते संचालन भएको ओपन कराते च्याम्पियनसिपको ३० केजि तौलको उपाधी ललिजङ थापाले जितेका हुन्।

साथै विभिन्न समुहमा ४० के जि समुहमा जि भि एस एकेडेमिको रश्मि लामा, ८ बर्ष शमुहमा रोशन लामा, २५ के जि मा प्रिन्सि डाङ्गि तथा ३० के जि समुहमा सृजन पौडेलले उपााधि चुमेका थिए।
अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिप प्रतिस्पर्धामा नेपाल, भारत, वंगलादेश, पाकिस्तान , श्रीलंका, क्यानडा लगायतका जम्मा ७ देशहरु जम्मा ३०० खेलाडिहरुविच प्रतिस्पर्धा भएको थियो । भने कार्यक्रममा विभिन्न उमेर समूह र तौल समुहमा प्रतिस्पर्धा भएको थियो।

विभिन्न समूह चरणमा भएका प्रतिस्पर्धामा GVS (Global Vision academy)का खेलाडीले पनि सफलता हात पारे ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिप देबदह वातोकाईतो करातेको अध्यक्ष शोभाकर पन्तको सभापतित्वमा प्रमुख प्रशिक्षक हरिसरन केसि रहेका थिए। उद्घाटन सत्रको प्रमुख अतिथि मेयर धु्र्व खरेल थिए साथै समापन तथा पुरस्कार वितरण समारोहको प्रमुख अतिथि लुम्विनि प्रदेशको राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराई रहेका थिए।
