शुक्रवार, चैत्र २ २०८०
चैत, २ गते काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि २ हजार ६५ परीक्षा केन्द्र निर्धारण गरेको छ। बोर्डले चैत १५ गतेदेखि शुरु हुने SEE परिक्षामा करिब ४ लाख ९५ हजार विद्यार्थीहरुको लागि उक्त परिक्षा केन्द्र निर्धारण गरेको हो।
एसईई परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै राष्ट्रिय परिक्षा बोर्डले प्रश्नपत्र छाप्ने काम सकेको, उत्तरपुस्तिका सम्बन्धित केन्द्रहरू पुर्याउने काम भइरहेको र भौगोलिक रुपमा दुर्गम स्थानमा प्रश्नपत्र समेत पुगिसकेको जनाएको छ।
त्यसैगरी एसईई परिक्षा ब्यबस्थित र मर्यादित बनाउन प्रदेश परिक्षा ब्यबस्थापन समिती मार्फत जिल्ला समन्वय समिती, स्थानिय पालिका र परीक्षा केन्द्रमा केन्द्राध्यक्षहरुको भुमिका हुने गरि मिलाइएको बोर्डका अध्यक्ष महाश्रम सर्माले बतौनुभयो।
उहाँका अनुसार परीक्षा केन्द्रमा ठूलो हुल बाँधेर नजाने, विद्यार्थीहरुलाई परीक्षा दिन सहज बनाउने, परीक्षा हलमा मोबाइलहरु संचालन गर्न नदिने लगाएत परिक्षा हलमा परिक्षाको मर्यादा उल्लंघन हुने कार्यहरु नगर्म निर्देशन दिएको छ। साथै जिल्ला परिक्षा सुरक्षा समितीले जिल्लाको हरेक परीक्षा केन्द्रको सुरक्षा गर्ने बताइएको छ।
यसबर्ष नयाँ पाठ्यक्रम अनुसारको प्रश्नपत्र आउने र परिक्षाको नतिजा प्रकाशित गर्दा पनि नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्युनतम 'डि' ग्रेड ल्याउनको लागि ३५ % अंक ल्याउनु पर्ने प्राबधान राखिएको छ। साथै पुरानो पाठ्यक्रम हुने विद्यार्थीको सन्दर्भमा पुरानै पाठ्यक्रम अनुसार प्रश्नपत्रको ब्यबस्थापन हुने र त्यही अनुरुप नतिजा प्रकाशन हुने छ।
यो वर्ष करिब ४ लाख ८८ हजार जना विद्यार्थीहरू नियमित तर्फ र ७ हजार ग्रेडवृद्धि तर्फ गरी कुल ४ लाख ९५ हजार विद्यार्थीहरूले एसईई परीक्षा दिदै छन् ।